बाणगंगा ८ मा समाजसेवी पाण्डेकाे उमेदवारी ।।

सेयर गर्नुहोस

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ बाट वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका युवा नेता तिलकराम पाण्डे (टि अार) काे दाबी रहेको छ । युवाहरुबीच लोकप्रिय समाजसेवीको रुपमा सामाजिक कार्यमा पाण्डे अग्रसर हुँदै आउनुभएको छ । समाज विकासका लागि युवाको आवश्यकता रहेको भन्दै अधिकांश युवाहरुले पाण्डे ले नै टिकट पाउनुपर्छ भन्ने चर्चा चलिरहेको छ । उहाँका अधिकांश् समर्थकले तिलकराम पाण्डेलाई जिताउनका लागि जोड दिएका छन् ।

२६ बर्षीय पाण्डेले वडाको विकास एवम् समृद्धिमा युवाको नेतृत्व आवश्यक रहेको भन्दै अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नु भएकाे छ । उहाँ एक इमान्दार, कर्मठ, जुझारु युवा नेताको रुपमा हेरिएका पाण्डेले वडा अध्यक्ष पदमा सबैको चाँसो र साथ सहयोग रहेकाले चुनाव जित्ने निश्चित भएको स्थानीयले बताउँछन् । पाण्डेकाे वडा अध्यक्षको पदमा उम्मेदवारीको चर्चाले राजनीतिक माहोल नै बदलिएको छ ।

हामी पुस्तान्त्रण सहितको युवा नेतृत्वको खोजिमा छौ , जब सम्म युवा आफैले आफ्नो याेगदानको आवस्यकता महसुस गर्दै समाज रुपान्तरणमा होमिन्न तब सम्म यो परिवर्तन सम्भव छैन । युवा अग्रसरता , युवा नेतृत्व र समाज रुपान्तरणको सपना देख्ने युवा नेता टि आर पाण्डे समृद्ध गाउँ निर्माणको यथेष्ट मोडालिटी सहित वाणगंगा नगरपालिका वार्ड नम्बर ८ मा नेपाली काँग्रेसका तर्फबाट वार्ड अध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्नु भएको छ ।

आज भन्दा करिब ६ वर्ष पहिले नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीतिमार्फत आफ्नो राजनैतिक यात्राको सुरुवात गरेका टि आर नामले चिनिने तिलकराम पाण्डे युवाहरुका माझमा अत्यन्तै प्रिय हुनुन्छ । आहिले निर्वाचनमा जनाताले आश्वासन भन्दा पनि अाफुले आज सम्म दिएको योगदानलाई आधार बनाउनेमा उहा निश्चित हुनुन्छ ।

युवाको काँधमा वडाको जिम्मेवारी’ भन्ने मूल नारालाई आत्मासाथ गर्दै आफु अघि बढ्ने उहाले प्रतिवद्धता जनाउनु भयाे । युवाका माँझमा लोकप्रिय रहनु भएका पाण्डे सामाजिक कार्यमा समर्पित हुदैं आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न समक्ष देखिनु हुन्छ । वडाको नेतृत्व आफुले पाए वडालाई शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि ,सडक, विद्युत, संचार संगै हरेक क्षेत्रमा अगाडि बढाउने उहाको दाबी रहेकाे छ ।

वडामा अहिले करिब एक हजार ४ सय नयाँ मतदाता थपिएको बताउँदै उम्मेद्वार पाण्डेले उनीहरुको साथ सहयोग मिल्ने विश्वास समेत व्यक्त गर्नु भयाे । वडा नं.८ नेकपा एमालेको एक गणको रुपमा रहदैं आए पनि पार्टी भन्दा कार्यकाे अाधारमा व्यक्ति हेरेर प्रत्यक्ष निर्वाचनमा अमुल्य भाेट दिन वडाबासिलाई अनुराेध गर्नु भएकाे छ । साथै उनले आफुलाई विश्वास गरेर एक पटक वडाको नेतृत्व गर्ने अवसर दिन सबै वडावासीलाई आह्वान समेत गर्नु भयाे ।

Facebook Comments Box