१३ बैशाख २०८१, बिहीबार

रेडियो शिवराजको सम्मान तथा सुभकामना आदानप्रदान ।।


सनिउल्ला धोबी, कपिलवस्तु असोज ७
वाढीपिडितहरुलाई सहयोग गरेकाहरुलाई रेडियो शिवराजले सम्मान गरेको छ । गत साउनमा परेको अविरल वर्षाका कारण डुवानमा परेका वाढिपिडितहरुलाई सहयोग गर्ने उद्देश्यले साउन २७ गते रेडियो शिवराजले राहत सामाग्री संकलन गरिएको थियो । सोहि राहत संकलनमा सहयोग गरेका ३५ जनालाई रेडियोले दोसल्ला र पं्रशसा पत्रले सम्मान गरेको छ । शिवराज एफ एमको आयोजनामा भएको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सम्मान गरिएको हो ।
कार्यक्रमका वोल्दै शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले शिवराज एफ एमको यो समाजिक कार्यको प्रशंसा गर्नेभएको छ ।संचार माध्यमहरुले सधै समाचार विज्ञापन र कार्यक्रम मात्र प्रशारण गर्ने गरेको भएपनि शिवराज एफ एमले यो प्रत्येक्ष सामाजिक काम गरेको वताउनु भयो ।कपिवस्तुमा संकलन गरेको राहत वाकेमा पुर्याई त्यहाका पिडितहरुलाई हस्तानतरण गरेकोमा प्रमुख अधिकारीले रेडियोको टिमलाई धन्यावाद दिनुभयो । थोरै थारै राहत संकलन गरी ठुलोमात्रामा वितरण गर्न सफल भएकोमा आगामी दिनमा पनि यस्ता सामाजिक काम गर्न सुभाव दिनुभयो ।प्रमुख अधिकारी आउदै गरेका महान पर्व विजया दशमि,शुभदिपावली,छट, महोरम पर्वको अवशरमा शुभकामना दिनुभयो ।
त्यस्तै कार्यक्रमा वोल्दै इलाका प्रशासन चन्द्रौटाका प्रमुख मेघनाथ पाध्यले वाकेका पिडितहरुले पहिलोपटक ठुलो मात्रामा कपिलवस्तुवाट संकलन गरेको राहत पाएको वताउनुभयो । जिल्ला प्रशासन कपिलवस्तु र जिल्ला प्रशासन वाके को सवन्यनमा वितरण गरेको राहतले पिडितहरुको घाउमा मलम लगाएकोमा रेडियोलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा वोल्दै महिला अधिकार कर्मि मिना परियारले रेडियो को यो कार्य अन्य संघ सस्थाले पनि सिक्नु पर्ने वताउनुभयो ।संचार माध्यम एउटा समाजिक कार्य गर्ने सस्था भएकोले रेडियोको यो कार्य प्रसंशा लाएक रहेको जिकिर गर्नुभयो ।
त्यस्तै कार्यक्रममा वोल्दै इश्वरि पाण्डेय,सतिश गुप्ता,झविन्द्र भट्टराई,फरवान ईकवाल खान,रामनिवास पुरी लगाएतले रेडियोलाई धन्यवाद दिदै आउदै गरेका चाडपर्वको अवशरमा शुभकामना दिए ।रेडियोका अध्यक्ष सुवासचन्द्र जयसवालको अध्यक्षता,शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यता,ईलाका प्रशासन चन्द्रौटाका प्रमुख मेघनाथ पाध्य,शसस्त्र प्रहरी वल विन्धवासिन गण चन्द्रौटाका धर्मनन्द सापकोटा,वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रमुख झविन्द्र भट्टराई को विशिष्ट आतिथ्यता रहेको थियो । रेडियोका स्टेसन म्यानेजर सनिउल्ला धोविको स्वागत मन्तव्य र दिपक के सीको संचालनमा सम्पन्न भएको छ ।
रेडियोले गत साउन २९ गते करिव ५ लाख वरावरको राहत सामग्रि संकलन गरि रेडियोका कार्यकारी निर्देशक विजय जयसवालको नेतृत्वमा वाकेको खजुरा गाउपालिका वडा न २ मा वितरण गरेको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट