१ बैशाख २०८१, शनिबार

दलित महिलाले पाइनन नागरिकता

निरहु यादव , असोज ६
कृष्णनगर नगरपालिका ८ दयानगर बस्ने आरती हरिजन ६१ बर्ष उमेर पुगिसकेको अवस्थामा समेत नेपाली नागरिकता पाएकी छैनन् । उहाँ कल्लु चमारको छोरा घम्मल हरिजनसित बिहे भएको लगभग ४५ बर्ष भैइसकेको छ । नागरिकताको विशेष आवश्यकता नपरेको र उनको माइतीघर भारत भएको तथा आफुहरु निरक्षर रहेकोले प्रक्रिया झन्झटिलो लाग्ने भएको कारण नागरिकता बनाउनेतर्फ चासो न लिएको कुरा उहाँको श्रीमान घम्मल हरिजनले बताए । उहाँको ४ छोरा,२ छोरी मध्ये कान्छी छोरीको नागरिकता बनाउन र राज्यबाट मिल्ने सेवा सुबिधा लिन नागरिकता अनिवार्य भएकोले नागरिकता बनाउने प्रक्रिया सुरु गरेको श्रीमान घम्मलले बताउनुभयो ।

धेरै कमेन्ट गरिएका