१३ बैशाख २०८१, बिहीबार

महाराजगञ्जको गैडहवामा वाड वास सिसि समिति गठन ।।


सनिउल्ला धोबी, कपिलवस्तु भाद्र १५
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकालाई सन् २०१७ सम्म खुल्ला दिशा मुक्त नगरपालिका घोषण गर्ने उद्देश्यले सञ्चालन भैरहेको सरसफाई कार्यक्रम अन्तरगत वाड वास सिसि समिति गठन गरीएको छ । महाराजगञ्ज नगरपालिकाको वडा नं ३ गैडहवामा वडा स्तरिय खानेपानी सरसफाई स्वच्छता समन्वय समिति गठन गरीएको छ ।
वडा अध्यक्ष नैन दास मुराउको अध्यक्षतामा वडा स्तरिय खानेपानी सरसफाई स्वच्छता समन्वय समिति गठन गरिएको हो । सदस्यहरुमा समाजसेवी तथा पुर्व गाविस अध्यक्ष श्याम सुन्दर चौधरी, वडा नं ३ अन्तरगत पर्ने सबै विद्यालयका प्रधानाध्पक तथा विद्यालयका अध्यक्षहरु, महिला स्वास्थ्य स्वयम सेविका, कृषी सेवा केन्द्रका प्रतिनिधी, आई एन एफका प्रतिनिधी, सनसाईन सामाजिक विकास केन्द्रका प्रतिनिधी, युवा कल्ब, आमा समुह, महिला समुह लगायतका प्रतिनिधीहरुको सहभगीतामा वडा स्तरिय खानेपानी सरसफाई स्वच्छता समन्वय समिति गठन गरीएको छ । सो समितिको सदस्य सचिव वडा सचिव अनिरुद्ध सिंह चौधरी रहनु भएको छ । समितिले वडा नं ३ लाई आगमी कार्तिक मसन्त सम्मा खुल्ला दिसा मुक्ता वडा घोषण गर्ने, शौचालय परिचय पत्र वितरण गर्ने वास इकाई संयोजक अनिल पाण्डेले जानकारी दिनुभयो ।
आगमी असोज ११ भित्र शौचलय निर्माण नगरे परिचय पत्र नलिएकालाई वडाबाट प्रप्ता हुने सेवाहरुबाट बान्चित गराउने वडा अध्यक्ष नैनदास मुराउले बताउनुभयो । कार्यक्रममा सहभगी भएका वडा बासीहरु आप्नो पुर्ण सरसफाईमा ध्यान दिन आफै अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट