१३ बैशाख २०८१, बिहीबार

बकरईदमा के गर्ने, के नगर्ने ? (कुराकानी)

इस्लाम धर्मलम्बीहरुको दोस्रो ठुलो पर्ब बकरईद इदुल अजाहको दिन नेपाल सरकारले सार्वजानिक विदा दिएको छ । सबै मुस्लीमहरु खुशी भएका छन । २०७४ को बकरइद भाद्र १८ गते परेको छ । बकरईदमा के के गर्ने ? के नगर्ने ? बकरईदमा गर्ने क्रियाकलपाको बारेमा पत्रकार सनिउल्ला धोबीले मौलना शेख कमरुदिन सिद्धिकीसग्ाँ कुराकानी गर्नुभएको छ ।
प्रश्न– सनि ः– कुरबानी भनेको के हो ?
उत्तर— मौलना शेख कमरुदिन सिद्धिकी ः– सर्व प्रथम सनि जीलाई धन्याबाद दिन चहान्छु । यस्तो व्यस्थ समयको बवजुद पनि मेरो लागि समय निकाल्नु भयो । मैले कुरबानीको अवसारमा सम्पुर्ण मुस्लीम दाजुभाई दिदि बहिनी लगायत नेपालमा बासोबास गर्ने सबै नेपालीलाई बकरईदको शुभकामना तथा मुबारक दिन चहान्छु । तपाईले कुरबानी भनेको के हो भनेर सोध्नु भयो प्रश्नाका लागि धन्याबाद दिन दिन्छु । कुरबानी भनेको राम्रो, शुद्ध जनावरलाई मुख्य समयमा राम्रो निश्चल जिबहु कटनेलाई कुरबानी भनिन्छ । खास समय इस्लामी महिनाको अन्तीम महिनाको १०,११ र १२ तारिखको दिन कुरबानी मनाइन्छ । कुरबानीको दिन नमाज पढेने गरिन्छ । नमाज पछी जनावर जिवह गर्नेलाई कुरबानी भनिन्छ । जुन ठाउमा नमाज हुदैन त्यस ठाउमा नमाज भन्दा पहिले पनि कुरबानी गरिन्छ ।
प्रश्न– सनि ः– कुरबानीको इतिहास भन्दीनु न ?
उत्तर— मौलना शेख कमरुदिन सिद्धिकी ः– इस्लाम धर्म अनुसार कुरबानी हजरत इब्राहिन अलहीइस्लामको सुन्नत हो । सुन्नत भनेको जुन काम अल्लाहको खुसीका लागि पैगम्बरहरुले गर्नुु पर्छ । अल्लाहतालाले कुरबानी आप्नो अन्तीम नबी हजरत मोहम्मद मुस्तफा सल्लाहु अलैही वसल्मको उम्मतका लागि राखीएको थियो । कुरान शरिफमा अल्लाहको आदेश छ । भाग नं ३० पाठ न) १०८ आयत नं २ मा उल्लेख गरिएको छ । अप्नो अल्लाह को लागि नमाज पढा र कुरबानी गरा । अब हेरनु कुरबानी नवीको सुन्नत पनि हो । अनि आल्लाहुको हुकुम पनि कुरबानी रहेको छ । कुरबानी वाजिब इबादत हो । कुरबानी गर्नु सबैभन्दा ठुलो धर्म रहेको छ ।
प्रश्न– सनि ः– कस्तो व्याक्तीले कुरबानी गर्न सक्छ ?
उत्तर— मौलना शेख कमरुदिन सिद्धिकी ः– कुरबानी गर्ने व्याक्तिको जिम्मा आवश्यक्ता बहेक साढे सात तोला सुन अथवा साढे पाच तोल चादी वा सुन चादीको मुल्य बराबारको रकम छ भने त्यस्तो व्यात्तिले कुरबानी गर्नु पर्छ । यदी त्यस्तो व्याक्तिले कुरबानी गरेन भने त्यो गुनाहगर अथाव दोषी ठहरन्छ । त्यो महिला होस या पुरुष सबैमा लागि हुन्छ ।
प्रश्न– सनि ः– कुरबानीको मासु कसरी खाने अथाव कती भागमा बढनु पर्छ ?
उत्तर— मौलना शेख कमरुदिन सिद्धिकी ः– कुरबानी गरेसकेपछी मासुलाई तिन भागमा बढ्नु पर्छ एक भाग गरिब लाई दिनुपर्छ । जो गरिबले विभिन्न कारणले गर्दा कुरबानी गर्न सक्दैन त्यस्तो व्याक्तीलाई दिए धर्म हुन्छ । दोस्रो भाग आप्नो इष्ट मित्र नातेदार वा साथिहरुलाई खुवाउनु पर्छ । तेस्रो भागको मासु आप्नो घरको परिवारलाई दिनुपर्ने कुरानमा उल्लेख गरएिको छ । यदी कुनै मुस्लीम बहेक अन्य कसैलाई मासु खुवाउने हो भने कुरबानी बहेक अन्य कुनै ठाउबाट ल्याएको मासु खुवाउदा राम्रो हुन्छ ।
प्रश्न– सनि ः– कुरबानी कस्तो जनाबरको गर्नु उपयुक्त मानिन्छ ?
उत्तर— मौलना शेख कमरुदिन सिद्धिकी ः– कुरबानीका लागि खसी, भेडा,गाई भैसी, रागाँ उटको कुरबानी गरिन्छ । हाम्रो नेपालमा हामीले गाईको पुजा गर्ने अनि गाई राष्ट्रिय जनावार भएकाले हामीले गाईको कुरबानी दिदैनौ बहिरी देशमा गाईको कुरबानी दिने चलन रहेको छ । गाई, भैसी, उटको कुरबानी गर्दा ७ जना मिलेर गरेपछी कुरबानी कबुल मानिन्छ ।
प्रश्न– सनि ः– अन्त्यमा के भन्नचाहानु हुन्छ ?
उत्तर— मौलना शेख कमरुदिन सिद्धिकी ः– अन्त्यमा तपाईलाई धैरे नै धन्याबाद दिन चहान्छु । इदको सबैलाई शुभकामना सबैले अप्नो गच्छेअनुसार बकरइद बनाउनका लागि अनुरोध गर्न चहान्छु । यदि इस्लाम धर्म सम्बन्धी केही जानकारी आवश्यक पर्छ भने मलाई सम्पर्क गर्न चहानुहुन्छ । शयारे इस्लाम इस्लामीक सिङगर शेख कमरुदिन सिद्धिकी मोबाइल नं ९८०५४३३७८६ मा सम्पर्क गर्नुहोला । मलाई यहा सम्म ल्याउनका लागि हरपल सहयोग गर्ने मेरो बुवा हजरत अल्लामा अल्हाज मोहम्मद महबुब अली (शेरे नेपाल) राष्ट्रिय मुस्लीम अयोगका केन्दीय सदस्य समेत हुनुन्छ । उहालाई सम्झाना तथा नमन गर्न चहान्छु ।
धन्याबाद ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट