१३ बैशाख २०८१, बिहीबार

विद्यालय क्षेत्र शिक्षाकाे मन्दिर हाे , राजनितिक अखाडा नबाउन नगरप्रमुखकाेग्रह

कपिलबस्तु ,भाद्र १४। कृष्णनगर स्राेत केन्द्रले नवनिर्वाचित नगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई सम्मान गरेकाे छ ।
स्राेत व्यक्ति अर्जुन लाेहारकाे अध्यक्षतामा स्राेत केन्द्र भित्रका विद्यालयहरुले सम्मान कार्यक्रम राखेका थिए जसकाे प्रमुख अतिथि नगर प्रमुख रजत प्रताप शाह तथा विशिष्ट अतिथि उपप्रमुख सबनम खातुन थिइन । कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख ,उपप्रमुख र बाह्रै वडाका वडाध्यक्षहरुलाई समेत दाेसल्ला अाेढाएर सम्मान गरिएकाे थियाे । शिक्षा क्षेत्रमा सुधारका निम्ति नगरपालिकाले अनुगमन समिति गठन गरि हप्तेपिच्छे निरिक्षण गरिने छ , निरिक्षणका क्रममा गलती भेटिएमा अावश्यक कार्यवाही गरिनेछ । साथै विद्यालय र बिद्यार्थीहरुकाे स्तर सुधारमा लाग्ने अावश्यक बजेट विनियाेजन समेत गरेिने प्रतिवद्धता नगर प्रमुख शाहले गरेका छन । शिक्षा क्षेत्रमा सुधार ल्याउन पहिला हामी शिक्षक र प्रअ अाफुमा परिवर्तन ल्याउनु अतिअावश्यक रहेकाे महेन्द्र मावि कृष्णनगरका प्रअ अनिल श्रीवास्तवकाे थियाे । पिसिएफका शिक्षकहरुकाे तलब शिक्षा मन्त्रालय द्वारा राेकिएकाे समास्यालाई यथाशिघ्र समाधान गराउनु पर्ने साथै कृष्णनगर स्राेत केन्द्र भित्र कुल सातवटा प्रावि पिसिएफ शिक्षक कै भरमा चलेकाे जानकारी शिक्षक हरिवंश चाैधरीले दिएका छन जसले पिसिएफकाे तलब स्थानिय तहबाटै मिलाए स्कुल बन्द हुने अावस्था अाउदैन । स्थायी दरबन्दी भएका शिक्षक कम रहेका कारण धेरैजसाे विद्यालयहरुमा पठनपाठनमा समस्या अाउदै गरेकाे राम गाेरखा माविका प्रअ प्रदिप सिहंकाे भनाई छ । कार्यक्रमकाे संचालन शिक्षक ज्याेतिर्मय श्रीवास्तवले गरेका थिए भने स्वागत मन्तव्य नेपाल राष्ट्र प्राविका प्रअ प्रहलाद पाण्डेयले दिएका थिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट