१४ बैशाख २०८१, शुक्रबार

स्थानीय विकासमा पारदर्शिता अभिबृद्धिका लागि सुचनाको हक

नेपालगंज,१३ भाद्र । स्थानीय तहको विकासका लागि सुचनाको हक अपरीहार्यर्े भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
बााकेको नरैनापुर गाउापालिका वडा नम्बर ४ नरैनापुरमा मंगलबार सम्पन्न स्थानीय विकासमा पारदर्शिता अभिबृद्धिका लागि सुचनाको हक संजाल निर्माण र परिचालन विषयक अभिमुखिकरण कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
यूएनडिपीको सहयोगमा बास नेपालगन्जद्धारा संचालीत सामाजिक सदभाव तथा सामुदायिक सुदृढिकरण परियोजना अन्तरगत सम्पन्न भएका सो अभिमुखिकरण कार्यक्रमका सहभाभागिहरुले सूचनाको हक नागरिकहरुको नसर्गिक अधिकार भएको कुरा ाजनकारी भएको बताए ।
अभिमुखिकरण कार्यक्रमका सहभागि आरति रैदासले स्थानीय विकासमा पारदर्शिता र सुशासन कायम गर्नका लागि सुचनाको हकको प्रयोग महत्वपुर्ण भएको बताइन । स्थानीय स्तरमा हुने विकास निर्माणको विषयमा नागरिकहरुले सूचनाको हकको प्रयोग गरि जानकारी लिनुपर्ने रैदासले बताइन । कार्यक्रमका अर्का सहभागि अरुण कुमार श्रीवास्तवले स्थानीय विकासमा हुने अनियमितता र भ्रष्टाचारलाई रोक्न र सुशासन कायम गर्न यस्ता किसिमका कार्यक्रमको महत्व रहेको बताए ।
बासका बााके शाखा सदस्य मक्बुल अहमत मुकेरीले संचालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक शम्भु शाहीले सुचानाको हक भनेको के हो ?, सार्वजनि नीकाय भित्र कुन, कुन नीकाय पर्दछन्, सूचनाको हकको प्रचलन, सूचनको माग गर्ने तरिका, सूचना नपाएमा अपनाउनु पर्ने प्रक्रिया, सजाय तथा क्षतिपुर्ति सम्बन्धि ब्यवस्था, लागायतका बिषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा नव निर्वाचित जन प्रतिनिधी, बडा नागरिक मन्च, नागरिक सचेतना केन्द्रका पदाधीकारीहरु, युवा क्लब, राजनितिक दलका प्रतिनिधि, सामुदायिक वनका प्रतिनीधि, महिला समुहका प्रतिनिधीहरु, लगायत गरी ५० बढिको सहभागीता रहेको थियो ।
कार्यक्रम पछि सूचनाको हकका लागि स्थानीय सञ्जाल गठन गरिएको छ । गठित संजालको संयोजकमा अञ्जली शर्मा र सह संयोजकमा अम्बरलाल यादब चयन भएका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट