११ बैशाख २०८१, मंगलवार

बास जुम्ला शाखाको साधारण सभा सम्पन्न

नेपालगंज,भाद्र १३ । भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासको जुम्ला शाखाको साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
जुम्ला जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न साधारण सभाले बास जुम्ला शाखाको नयाा कार्यसमिति छनौट गरेकोछ । साधारण सभाबाट शाखाको अध्यक्षमा भिम प्रसाद उपाध्याय सर्बसम्मत चयन भएका छन् । यसैगरी शाखाको उपाध्यक्षमा निशा उपाध्याय, सचिबमा राज कुमार न्यौपाने, र कोषाध्यक्षमा रामु कार्कि चयन भएका छन् भने शाखाको सदस्यहरुमा डिल्ली प्रसाद उपाध्याय, लोक कार्कि, चन्द्र कुमार महत, बिमला बुढा, निर रावत र नगेन्द्र सुनार चयन भएका छन् ।
बासका पुर्व केन्द्रीय सदस्य रमेश परियारको बिशेष उपस्थितीमा शाखाको साधारण सभा सम्पन्न भएको हो । साधारण सभाबाट निर्बाचित शाखा अध्यक्ष भिम प्रसाद उपाध्याये भ्रष्टाचार बिरुद्धको अभियानलाई जुम्ला जिल्लामा थप सशक्त रुपमा अगाडी बढाउने प्रतिबद्धता ब्यकत गरेका थिए ।
यसैगरि मंगलबारनै बााकेको नरैनापुर गाउापालिमा बासको गाउापालिका स्तरिय समन्वय समिति गठन भएको छ । नरैनापुरमा सम्पन्न युवाहरुको एक भेलाबाट समितिको अध्यक्षमा गुफराम अहमत साहलाई छनौट भएका छन् । समितिको उपाध्यक्ष, सचिब, सह सचिब र कोषाध्यक्षमा क्रमस: अञ्जली शर्मा, शुन्दरलाल यादव, गिता भण्डारी र मक्वुल अहमत मुकेरी सर्वसहमत चयन भएका छन् । यसैगरि समितिको सदस्यहरुमा सेर बहादरु खाा, लक्ष्मि भण्डारी, बाबुलाल मौर्या, सुरज श्रीवास्तव, सहजराम पाल र प्रमोद कुमार मिश्र रहेका छन् । समिति बास बााके शाखा अध्यक्ष शम्भु शाहीको बिशेष उपस्थितीमा गठन भएको हो ।

 

 

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट