२६ भाद्र २०८१, बुधबार

महाराजगञ्जमा बहुक्षेत्रीय पोषण सम्बन्धी अभिमुखिकरण

सनिउल्ला धोबी, कपिलवस्तु, भाद्र १२

संघिय प्रणालीमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम महाराजगञ्ज नगरपालिकामा सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रममा निर्वाचित पदाधिकारीहरुलाई जानकारी गराउनाका लागि अयोजना गरीएको हो ।

कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय तौलिहवाका फोकल पर्सन विष्णु प्रसाद पौडेलले गर्नुभएको थियो । पोषण भनेको के हो । पोषणनको महत्व किन छ । पोषणमा लागनी गरेपछी ५ बर्षका बालबालिकाहरुको ८० प्रतिशत मनसिक विकास हुने गरेको समेत उहाले बताउनु भयो । कृपोषणको कमीले गर्दा ५३ प्रतिशत बालबालिकाले ज्यान गुमाउनु परेको तथ्यांक समेत प्रस्तुत गरीएको थियो ।

जिल्ला समन्वय समितिको सुचना अधिकारी राजन पोखरेलले नगरपालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशन काम कर्तन्व्य र अधिकार बनाउने लगायतका विषयमा प्रकाश पार्नु भएको थियो । उहाले योजनालाई सबल तवरले सञ्चालन गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले महाराजगन्ज नगरपालिका भित्र रहेका सम्पुर्ण वडालाई खुल्ला दिशा मुक्त बनाउनाका लागि पहल गर्ने बताउनु भएको हो । स्थानिय तहका प्रतिनिधीहरुले आफ्नो टोल गाँउलाई पुर्ण सरसफाईमा ध्यान दिनका लागि पहल गर्ने अनुरोध गरीएको थियो ।
नेपाल सरकार संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयको अयोजनामा भएको अभिमुखिकरण कार्यक्रमलाई युनिसेफले सहयोग गरेको थियो । महाराजगञ्ज नगरपालिकाको उपप्रमुख शुभवती कुर्मीको अध्यक्षतामा भएको कार्यक्रमको विशिष्ट अतिथिमा महाराजगञ्ज नगरपालिका कार्यकारी अधिकृत हरि प्रसाद शर्माको विशिष्ट अतिथ्यिता रहेको थियो ।

कार्यक्रममा संघिय प्रणालीमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन जिल्ला संयोजक इश्वरी प्रसाद न्यौपाने, कृष्णनगर नगरपालिकाका सि.अहेव नारायण बस्नेत, नगरपालिकाका सबै वडाका वडा अध्यक्षहरु, स्वास्थ्यकर्मी, वास कार्यकर्ता, नगरपालिका कर्मचारीहरुको सहभगीता रहेको थियो । कार्यक्रम सञ्चालन सचिव कृष्ण गौतमले गर्नुभएको थियो ।

धेरै कमेन्ट गरिएका