पवित्र ‘कुरान’ले गरियाे स्वागत
कपिलबस्तु,भाद्र ६। अाज जिल्लाकाे कृष्णनगरमा राष्ट्रिय मदरसा संघ द्वारा ‘कुरान’ दिएर स्वागत कार्यक्रम गरिएकाे छ ।
कृष्णनगरमा नवअागन्तुक सशस्त्र प्रहरी नायब निरिक्षक महेन्द्र भारती र निरिक्षक सत्य बुढाथाेकीलाई स्वागत गर्न राष्ट्रिय मदरसा संघ द्वारा चियापान कार्यक्रम गरिएकाे जानकारी संघका महासचिव माैलाना मसुद नेपालीले दिएका छन। कार्यक्रमका सभापति तथा राष्ट्रिय मदरसा बाेर्डका अध्यक्ष डा .अब्दुल गनी अलकुफीले स्वागत मन्तव्यमा नेपालमा बसाेबास गर्ने सबै समुदाय र धर्मलाई समान सुरक्षा दिदै अाएका सुरक्षाकर्मीहरु देशमा मात्र नभएर विदेशमा पनि चर्चा रहेकाे कुरा बताए । कतार , साउदी जस्ता मुस्लिम देशहरुमा नेपाली सुरक्षा कर्मीहरुकाे इज्जत बढेकाे स्वीकार्दै उनले कृष्णनगरलाई पनि साैहर्दयपुर्ण बनाउनमा मदत गरेका छन ।
कार्यक्रममा १०५ बर्ष पुरानाे नेपाल कै जेठाे सेराजुल उलुम अलसईफियाका अध्यक्ष समीम अहमद नदवीले ‘कुरान सरिफ’ काे नेपाली अनुवादले इस्लाम धर्मकाे नेपालमा धेरै महत्व रहेकाे कुरा दर्शाएकाे छ । देश विदेशमा फैलिएर रहेका मुस्लिम समुदायलाई एकसुत्रमा बांधेकाे पवित्र ग्रन्थ कुरानबाट हाम्राे सुरक्षामा दिन रात खटिएका सुरक्षातन्त्रलाई सम्मान गर्न पाउनु मेराे लागि साैभाग्यकाे कुरा रहेकाे छ। त्यसैगरि ताैहिद सेन्टरले कृष्णनगर र वरपरका मुस्लिम महिलाहरुकाे शिक्षामा विशेष याेगदान दिदै अाएकाे सेन्टरका अध्यक्ष अब्दुल अजिम मदनीकाे भनाई थियाे । साे “कार्यक्रममा राष्ट्रिय मदरसा संघ नेपालका महासचिव माैलना महसुद नेपालीलाई कतारका राजा सलमानले राजकिय भ्रमणका लागि निमन्त्रण गरेकाेमा वहांलाई उपस्थित सबै अतिथिहरुले शुभकामना दिएका थिए ” साथै कृष्णनगर भित्र अापसी सद्भाव बनाएर शान्तिकाे अनुभुति गराउने सशस्त्र प्रहरीलाई समेत धन्यबाद दिएका थिए । कृष्णनगरका बृद्धिजिवी समाजसंग एकैसाथ भेट्न पाउँदा खुशी व्याक्त गर्दै अाफ्नाे कार्यलाई निष्ठापुर्ण गर्ने प्रतिवद्धता सप्रननि भारतीले दिएका थिए । साे चियापान कार्यक्रममा कृष्णनगर स्राेत केन्द्रका स्राेत व्याक्ति अर्जुन लाेहार , उद्योग वाणिज्य संघका दिनेश चन्द्र गुप्त, अहेब दिनेश साह,वडाध्यक्षहरु सागिर खां र संजय गुप्ता , पीअारसी कृष्णनगरका संयाेजक भुमिराज भट्टराई, नेशनल ट्रेडिङका किफायतुल्लह खां लगायतका नागरिक समाज तथा समाजिक अगुवाहरुकाे उपस्थिति थियाे ।