अंकुश श्री/ कपिलबस्तु ,भाद्र ३ । झाडा पखाला महामारीले गर्दा कपिलबस्तुमा दुईकाे मृत्यु डेढ सय बढी बिरामी भएका छन ।
जिल्लाकाे महराजगंज नगरपालिका वडा न:७ का सत्भरा र गघौंडी गाउंमा अाज झाडापखालाले गर्दा दुई जनाकाे ज्यान गएकाे छ । गघाैंडीका जमुना चमारकी स्वास्नी बर्ष पैंतीसकी शान्तिदेवी चमार र सत्भराका चैतराम रैदासका ८ बर्षीय तारेस रैदासकाे दुईदिन देखि अचानक शुरु भएकाे झाडापखाला र बान्ताले ज्यान गएकाे शिवराज अस्पतालका का.मेसु. राहुल झांले बताएका छन ।
कुसहवा हेल्थ पाेष्टका ईन्चार्ज जयनारायण पण्डितका अनुसार अहिले सम्म लगभग १५० जनाकाे उपचार भईरहेकाे छ र सबैमा रुघा खाेकी तथा झाडापखालाका लक्षण देखिएकाे अवस्था छ। बाढीकाे दुषित पानी तथा फाेहरकाे उचित व्यावस्थापन नभएकाे कारण याे महामारी फैलिएकाे उनले बताए । सत्भरामा एकै घरपरिवारका सात जनासम्ममा महामारी देखा परेकाे छ । स्थानिय शिव प्रसाद पुरीका छाेरा दिपेन्द्र पुरी,सुरज पुरी लगायत बुहारी शेषमती पुरि दुई नातिनातिना समेत दुईदिन देखि रुघा र झाडापखालाले सिकिस्त बनाएकाे छ ।
3