१५ बैशाख २०८१, शनिबार

नागरिकता वितरण शुरु ।।

अाजदेखि नागरिकता वितरण शुरु                    कपिलबस्तु , साउन २४। जिल्लाकाे कृष्णनगरमा नागरिकताकाे घुम्ती टाेली मार्फत नागरिकता प्रमाणपत्र प्राप्त गरेकालाई वितरण गर्न शुरु भएकाे छ । अाजदेखि शुरु भएकाे नाागरिकता वितरण कार्यक्रममा नगरप्रमुख रजत प्रताप शाह साथमा इलाका प्रशासन कार्यालय चन्द्राैटाका कार्यालय प्रमुख मेघनाथ पाध्या, अधिकृत जगदिश अार्याल तथा गणेश प्रसाद अार्यालले सर्वसाधारणलाई वितरण गरि शुरु गरेका छन । टाेली साउन २४ र २५ गते कृष्णनगर नगरपालिका भित्रका बंशज र वैवाहिक अंगिकृत नागरििकता वितरण गरिने ईलाका प्रमुख पाध्याले जानकारी दिएका छन । खासगरि वृद्ध , महिला र अशक्तलाई प्रथमिकतामा राखि नागरिकता वितरण गरिने टाेली संयाेजक जगदिश अार्यले बताएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट