कृष्णनगर पनि स्मार्टसिटीकाे लिस्टमा ।।

सेयर गर्नुहोस

कपिलवस्तु असार २८।
नेपाल सरकारले अघी सारेको शहरी विकास परियोजना स्मार्ट सिटी बनाउने योजना अन्तरगत कपिलवस्तुको कृष्णनगर नगरपालिका पनि परेको छ ।                   अहिले सरकारले शहरलाई व्यवस्थीत गर्नका विभिन्न योजना ल्याएको छ । सानो शहरको रुपमा विकासीत हुदै गएको नेपालको अधिकांस शहरहरुलाई स्मार्ट सिटी बनाउने सरकारले योजना ल्याएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि यहाका सांसद अभिषेक प्रताप शाहले महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको छ । सांसद शाहले शहरी विकास मन्त्री प्रभु शाहसगँ भेटगरी कृष्णनगर नगरपालिकालाई स्मार्ट सिटी बनाउन अग्रह गरे अनुसार कृष्णनगर क्षनोटमा परेको हो । सांसद शाह भन्नुहुन्छ अब कृष्णनगर विकासको क्रममा एक खुडकिलो पार गरी समुन्त शहर बन्छ । शाहको यो लामो प्रयासलाई कृष्णनगरवासीले सम्मान गरेका छन । सांसद शाह संघीय समाजवादी फोरम नेपालका उपमहासचिव समेत हुनुन्छ ।
कृष्णनगर नगरपालिका कपिलवस्तुको सबैभन्दा बढी राजस्व संकलन गर्ने नगरपालिका अन्तरगत परे पनि सो अनुसार विकास हुन सकेको थिएन । अब स्मार्ट सिटीको लिस्टमा परेपछी विकास हुने अपेक्षा बढेको कृष्णनगरका पप्पु मिश्राले बताउनु भयो । सांसद शाहको यो पहल स्वगत योग्य भएको भन्दै उहाले स्मार्ट सिटी योजनामा कृष्णनगर पर्नु भनेको यस क्षेत्रको विकास हुने कृष्णनगरका २ का रहिम मुसालमानले बताउनुभयो ।

Facebook Comments Box