कपिलवस्त ।नेपालको पश्चिमी सीमा कृष्णनगर नाकाबाट शान्ति पुनर्स्थापना गृहले वैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका तिनजना युवतीको शनिबार साँझ उद्धार गरेको छ । बुटवलबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको लु ४ ख ६४८६ नंको बसमा जाँदै गरेका स्याङ्जा की अन्दाजी २५वर्षीया परिबर्तित नाम उषा , मकवानपुर की २७ वर्षीया युवती परिबर्तित नाम बिना र मोरङकि ३० बर्सिय युबति परिबर्तित नाम सर्मिलाको सीमा नाकाबाट उद्धार गरिएको शान्ति पुनर्स्थापना गृह कपिलवस्तु का संयोजक भुमि राज भट्टराई ले बताउनु भयो। उद्धार गरिएका युवतीहरु मेन पावर समेत आफुलाई थाहा नभएको उनीहरुले बताए। र साथमा आउने रामपुर न .पा ६ पाल्पा का ४४ बर्सिय जीव लाल गैरे लाई पनि रोकिएको छ। “यसअघि विवाह गर्ने, रोजगारीमा लगाइदिने र सीमावर्ती बजारमा किनमेल गर्ने बहानामा युवतीलाई झुक्याई भारततर्फ लग्ने गरेको पाइएको थियो ।” दलालहरुले युवतीलाई रोजगारीको प्रलोभन दिई सीमा नाका पार गर्न नयाँ तरिका अपनाउन थालेको उनले बताउनु भयो ।
3