कपिलबस्तु , जेष्ठ १७। स्वस् अजय प्रताप शााह मेमोरियल ट्रस्ट द्वारा युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कपिलबस्तु क्षेत्र नः ५का सांसद अभिषेक प्रताप शाहका बुवा स्वस्अजय प्रताप शाहको नाममा रहेको मेमोरियल ट्रस्टले भारतीय दुताबासबाट पाएको एम्बुलेन्सलाई आज एक कार्यक्रमका बीच दिगो बिकास युवा क्लब रामनगरलाई हस्तान्तरण गरेको छ । स्वः अजय प्रताप शाहकी आमा मनोरमा देवी शाहले एम्बुलेसको सांचो युवा क्लबका संयोजक दिपेन्द्र सिंह चौधरीलाई हस्तान्तरण गरेकी हुन ।
एम्बुलेन्सबाट गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुर्याउन लाग्ने खर्च सांसद अभिषेक प्रताप शाहले आफ्नो तलबबाट तिर्ने र थप ३ वटा एम्बुलेन्स यस क्षेत्रका जनतालाई दिने बताएका छन । सो कार्यक्रममा क्षेत्र नस्५का साविकका तीन गाबिस गणेशपुर, पत्थरदेईया र खुरुहुरियाका कुल ४३ जना महिला स्वयंसेविकाहरुलाई छाता पनि वितरण गरिएको छ । यसअघि साविकको गणेशपुर गाबिसका २० जना स्वयंसेविकालाई साईकल वितरण गरेको जानकारी सांसद शाहले दिएका छन ।
3