दिलिप कुमार यादव, कपिलवस्तु । सामुदायिक मेलमिलाप कताृहरुलाई पुर्नतजगी तलिम सम्पन्न । कपिलवस्ुको तौलिहवामा संचालित पुर्नतजगी तालिममा पकडी तथा महराजगंज मेलमिलाप केन्द्रका मेलमिलाप कर्ताहरुलाई सो तालम प्रदान गरिएको सेलर्ड कपिलवस्तुका संयोजक दिनेश चन्द्र त्रिपाठीले जानकारी दिनु भएको छ । मिति २०७४।१।२४ गते देखि १।२६ गते सम्म पकडी सामुदायिक मेलमिलापकर्ताहरुको र २०७४।१।२७ देखि २०७४।१।२९ गते सम्म महराजगंज सामुदाियक मेलमिलापकर्ताहरुको लागि ३ दिने पुनर्ताजगी तालिम तौलिहवामा गरिएको थियो । मेलमिलापकर्ताहरुलाई समुदायमा रहेका विवादहरुलाई समुदायमा नै समाधान गर्न तथा जिम्मेवारी पुर्वक काम गर्ने उद्देश्यका साथ तालिमको योजना गरिएको सेलर्ड कपिलवस्तुका जिल्ला प्रशिक्षक रिखीराम हरिजानले जानकारी दिनु भएको छ । पुर्नताजगी तालिमको सहजिकरण अधिवक्ता भोला प्रसाद विश्वकर्मा, सेलर्ड कपिलवस्तुका संयोजक दिनेश चन्द त्रिपाठी तथा जिल्ला प्रशिक्षक निमकला खड्का र रिखीराम हरिजानले गर्नु भएको त्रिपाठीले बताउनु भएको छ । कार्यक्रममा पकडी मेलमिलाप केन्द्रका १८ जना तथा महराजगंजका २१ जना मेलामिलाप कर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रम समापन पश्चात सहभागीहरुले हामी पहिला सिकेको कुरा फेरी तजा भएको सहभागीहरुले बताएका छन ।
3