हेल्थ अस्सिटेन्ट संघद्वारा भित्तेपात्राे बिमाेचन ।

कपिलबस्तु ,बैशाख २९ । हेल्थ अस्सिटेन्ट संघ नेपाल द्वारा जिल्लाकाे ताैलिहवामा नव बर्ष शुभकामना अादानप्रदान तथा भित्तेपात्राे बिमाेचन गरिएकाे छ। हेल्थ अस्सिटेन्ट संग नेपाल (HAAN) जिल्ला शाखाका अध्यक्ष दुर्गेशलाल चाैधरीकाे अध्यक्षतामा शुरु भएकाे कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालय कपिलबस्तुका प्रमुख याेगेन्द्र प्रसाद भगत थिए । नवबर्षकाे शुभकामना मन्तव्यबाट शुरु भएकाे कार्यक्रममा भित्तेपात्राेकाे विमाेचन पनि गरिएकाे थियाे । पात्राेमा स्वस्थ्य सम्बन्धी संदेशमुलक सामग्री राखिएकाेले सर्वसाधारणलाई
सहयाेग गर्ने संघका अध्यक्ष दुर्गेशलाल चाैधरीले बताएका छन । ” भेदभाव रहित गुणस्तस्तिय स्वास्थ्य सेवा प्रवाहमा हाम्राे प्रतिवद्धता,सर्वसुलभ निरन्तर स्वास्थ्य सेवामा हाम्राे अावद्धता ” भन्ने मुल नाराका साथ स्वास्थ्य क्षेत्र सुधारमा हेल्थ अस्सिटेन्ट संघ नेपालले लगातार अग्रणी भुमिका खेल्दै अाएकाे अध्यक्ष चाैधरीकाे भनाई छ । कार्यक्रममा बिमाेचन गरिएकाे भितेपात्राेले स्वास्थ्य सम्बन्धी संदेशमुलक नाप र बिषयले समाजमा सकारात्मक सुचना प्रवाहमा मद्दत गर्ने प्रमुख अतिथि भगतले बताए साथै संघलाई थप सुधार गर्न अावश्यक निर्देशन पनि गरे । कार्यक्रमकाे संचालन HAAN का सल्लाहकार प्रकाश पाेखरेल र अशाेक विकले गरेका थिए ।