शिवराज अस्पतालमा जिल्ला कै पहिलाे फार्मेसी संचालन ।।
अंकुश श्री /कपिलबस्तु,बैशाख२४। जिल्लाकाे बहादुरगंजमा रहेकाे शिवराज अस्पतालले उचित व्यावस्थापनका साथ जिल्ला मै प्रथम फार्मेसी संचालन गर्ने अस्पताल बनेकाे छ ।
अस्पताल व्यावस्थापन समितिकका संयाेजक दीपक कुमार शुक्लाकाे अध्यक्षतामा शुरु भएकाे अस्पताल व्यवस्थापन सम्बन्धि अन्तर्क्रिया कार्यक्रममा अाज सहायक प्रजिअ रामेश्वर अर्यालकाे प्रमुख अतिथ्यतामा शिवराज अस्पताल फार्मेसीकाे संचालन शुरु गरिएकाे छ । बहादुरगंज वरपरका सर्वसाधारणलाई अाैषधिकाे जथाभावी मुल्यले समास्या देखा परेका कारण अस्पतालबाट वितरण गरिने ७० थरिका निःशुल्क अाैषधि बाहेक बजारबाट किन्ने अाैषधिहरु शुपथ मुल्यमा दिईने संयाेजक दिपक शुक्लाकाे भनाई छ । अधिकांश बिरामी अार्थिक रुपले विपन्न परिवारका अाउने गरेकाले फार्मेसी संचालनले पैसाका कारण बीच मै उपचार राेकिने समास्या तथा गुणस्तरहिन अाैषधिबाट बिरामीलाई बचाउन सकिने निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाः राहुल झांले जानकारी गराएका छन । उनले शिवराज अस्पताललाई जिल्ला कै नमुना अस्पताल बनाउने अाफ्नाे उद्देश्य रहेकाे बताए । कार्यक्रमका प्रमुख अतिथि सहायक प्रजिअ रामेश्वर अर्यालले जिल्लामा पहिलाे पटक सरकारी अस्पतालमा फार्मेसी संचालन गरिएकाेमा अस्पताल परिवारलाई शुभकमना दिदै गुणस्तरीय अाैषधि मात्र वितरण गर्न अस्पताल प्रशासनलाई निर्देशन गरे ।
कार्यक्रममा इलाका प्रशासन कार्यालयका सहायक प्रमुख जगदिश अर्याल, अस्पतालका कर्मचारी तथा व्यावस्थापन समिति पदाधिकारीहरुकाे उपस्थिति थियाे ।