कृष्णनगर नाकाबा्ट तेस्राेमुलुकका माल पनि अायात-निर्यात गराउन मन्त्रीलाई ज्ञापन ।।

अंकुश श्री/कपिलबस्तु ,बैशाख२१।

कपिलबस्तुकाे मुख्य भन्सार कार्यालय कृष्णनगरलाई तेस्राे मुलुकबाट मालसमान अायात निर्यात याेग्य बनाउन सांसद द्वारा अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाइयाे । बिसः२०४९/०५० मै कपिलबस्तुकाे कृष्णनगर भन्सार कार्यालयलाई भारत र तेस्राे मुलुकबाट अावश्यक मालसमान अायात निर्यात गर्ने नाकाकाे मान्यता प्राप्त भएतापनि हालसम्म अाैपचारिकरुपमा संचालन हुन नसकेका कारण कपिलबस्तु क्षेत्र नः५का सांसद अभिषेक प्रताप शाहले भन्सार कार्यालयलाई व्यावस्थित गरि संचालनमा ल्याउनका लागि अर्थमन्त्री कृष्ण प्रसाद महरालाई ज्ञापनपत्र बुझाएका छन । सांसद शाहका अनुसार नेपाल-भारत बार्डरकाे सबभन्दा नजिककाे कृष्णनगर भन्सार कार्यालयबाट तेस्राे मुलुकका मालसमान अायात निर्यात शुरु गरिएमा कपिलबस्तु, दांग, रुपन्देही , नवलपरासी लगायतका जिल्लामा कच्चापदार्थ पुग्ने र उत्पादित माललाई तेस्राे मुलुकसम्म पुर्याउन सकेमा अार्थिक बृद्धिदर बढनेछ । भारतले नेपालकाे सिमासम्म रेल्वेकाे सेवा पुर्याएकाे छ जसले गर्दा तेस्राे मुलुकका मालसमान अायात व निर्यातमा झन सहजता थपिएकाे छ।।जिल्लाकाे कृष्णनगर-चन्द्राैटा सडकखण्डमा दर्जनाैं सिमेन्ट , प्लाईउड, टरपेटाईन ,नेचुरल प्राेडक्टसका फ्याक्ट्रीहरु छन ।ती फ्याक्ट्रीहरुलाई कच्चामालहरु पुर्याउन तत्कालै तेस्राे मुलुकबाट अायात बढाउन अावश्यक रहेकाे छ।
