९ असार २०८१, शनिबार

मोर्चा द्वारा कपिलवस्तुमा बृहत मोटरसाइकल र्याली ।।

निरहु यादव, बैशाख१० । सयुंक्त लोकतान्त्रिक मधेशी मोर्चा कपिलवस्तुको आयोजनामा बृहत मोटरसाइकल र्याली सम्पन्न भएको छ । कपिलवस्तुको कृष्णनगरबाट सुरु भएको र्याली बहादुरगन्ज,रुद्रपुर चन्द्रौटा, डुमरा हुदै महाराजगन्जमा कोण सभामा परिणत भएको थियो । र्यालीमा प्रत्येकमा मोर्चा का नेताहरुले सम्बोदन गर्ने गरेका थिए । युवा नेता एवं सांसद अभिषेक प्रताप शाहले मधेशीहरुको हक अधिकारहरुको लागि आफ्नो लडाई भइरहेको बताउनु भयो ।सन्चार माध्यमहरुले भ्रमातमक रूपमा समाचार सम्प्रेषण गरिएकोमा बिरोध समेत जनाए । केन्द्रमा एक सहमती हुन्छ विभिन्न सञ्चार मध्यामले यहा अर्को सहमती भयो भन्छन । मिडियाले गलत सन्देश प्रवाह गरेको बताउनु भयो । मिडियामा आए अनुसार मधेशीको माग पुरा नभएको शाहले बताउनु भयो । सांसद तथा पुर्व मन्त्री अकबाल अह्मद शाह, राष्ट्रिय जनता पाटीका नेता तथा पुर्व मन्त्री इश्वर दयाल मिश्रा, रबी दत्त मिश्रा, रामप्रकाश चौधरी ,युवा नेता राजत प्रताप शाह, शैलेश प्रताप शाह, गंगेश तिवारी, फरहन अकवाल खाँ, मुस्ताफा खाँ, सतिश चन्द्र गुप्ता, कृष्ण कुमार चौधरी, दिनेश चन्द्र गुप्ता, विजय जयसवाल लगायत नेताहरु र्यालीको नेतृत्व गरिहरेका थिए । सो र्यालीमा लगभग पाँच सय मोटरसाइकल,र ५० जिपमा सवार करिब १ हजार भन्दा बढी मधेशी नेता तथा कार्यकर्ताहरुको सहभगीता रहेको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट