१ बैशाख २०८१, शनिबार

दिगो युवा बिकास कल्बको भवन शिलान्यास ।।

निरहु यादव ,कपिलवस्तु बैशाख ४ । कपिलवस्तु जिल्लाको पश्चिम क्षेत्रमा सक्रिय रूपमा समाजिक कार्यमा अग्रसर रहेको दिगो युवा बिकास कल्ब को आज सभासद अभिषेक प्रताप शाह द्वारा भुमि पुजन तथा भवन शिलान्यास गरिएको छ । रामनगर ९ झिंगाहा मा कार्यलय भवन बनाउन का लागि रामनिवास चौधरी को बिशेष सहयोगमा जग्गा उपलब्ध भएको हो । परिवर्तनको संवाहक युवा नै भएकोले युवाहरूलाई सधैं आफ्नो साथ सहयोग रहिरहने सभासद शाहले बताए । गाउँ घर र देशको समाजिक आर्थिक निर्माण को जिम्मेवारी युवाहरूको काधमा रहेकोले युवाहरूले यो जिम्मेवारीबाट पछि हट्न नपाउने शाहले बताए । त्यस्तै युवाले पार्टीको झणडा बोकी टायर बाल्ने, ढुङ्गा चलाउने हातहरुले समाजका सृजनात्मक काममा चलाएर परिवर्तन ल्याउनु पर्ने कल्ब का अध्यक्ष धर्मेन्द्र चतुर्बेदीको भनाइ थियोे । ब्यक्तिगत आस्था जहाँ भएपनि कल्बमा आबद्ध हामी सबै युवाहरुको एउटै उद्देश समाज सुधार तथा बिकास रहेकाले सबै पक्षको साथ र सहयोगको आवश्यकता रहेको कल्बका कोषाध्यक्ष कैलाश भारतीले बताउनु भयो। युवाहरूमा समाज का लागिक केही गर्ने क्षमता देखिएकोले भवन निर्माणका आधा जग्गा अनुदानमा दिएको कुरा नगेन्द्र प्रसाद चौधरीले बताए ।

धेरै कमेन्ट गरिएका