४ बैशाख २०८१, मंगलवार

रौतहटमा शस्त्र सिपाहीको अचानक मृत्यु ।

अमित ठाकुर।

रौतहट ।रौतहट जिल्लाको  पतुवा महेशपुर शस्त्र बेश क्याम्पमा कार्यरत रहेको बझाङ्ग जिल्लाको सोनीकोट -३ को २५ बर्षीय सुन्दर चदराको मृत्यु भएकोछ। मृत चदराको साना एउटी छोरी पनि छ। चदराको हाल दरबन्दी शस्त्र प्रहरी कार्यालय हजमिनियामा रहेकोथियो। चदरा बेलुकी अाफ्नो डिउटी सकाई अाफ्नो क्याम्पमा सुतेको थियो।तर राती चदराको एकासी शरीर चिसो हुदा जिल्ला अस्पतालमा ल्याउदा बाटोमै मृत्यु भएकोछ। जिल्ला अस्पतालमा ल्यायाए पछी अस्पतालको डाक्टर ३:४५ बिहान मृत्युु घोषणा गरि शवलाई पोस्टमार्टम गरि शवलाई अाफन्तको जिम्मा लगाएकाछन। यो मृत्युको बिशेष अनुसन्धान कार्य सुरु गरेको शस्त्र प्रहरी उपरिक्षक भगवान मल्ल जानकारी दिएकोछ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट