प्रधानमंत्रीकाे पुतला दहन, केन्द्र बनाउन भाेली देखि हस्ताक्षर संकलन शुरु ।।

अंकुश श्रीवास्तव, कपिलबस्तु, चैत्र १०। जिल्लाकाे बहादुरगंजलाई नगर केन्द्र कायम गराउन भईरहेकाे चरणबद्ध अान्दाेलममा स्थानियहरुले अाज प्रधानमंत्री र स्थानिय बिकास मंत्रीकाे पुतला दहन गरेका छन
कपिलबस्तु जिल्लामा स्थानिय निकाय सिमांकनमा विवाद देखिएकाे छ । जिल्लाकाे कृष्णनगर नगरपालिकाकाे केन्द्र बहादुरगंज राख्ने जिल्ला प्रविधिक समितिकाे निर्णय पल्टाई पुनः साविककाे कृष्णनगर नै कायम गरिएकाेले बहादुरगंज र वरपरका अजिगरा, भिल्मी, पुरुसाेत्तमपुर,बिद्यानगर गाविसका सर्वसाधारणहरुलाई सेवा लिन समास्या थपिएकाे भन्दै अाज बहादुरगंज चाैकमा प्रधानमंत्री र स्थानिय बिकास मंत्रीकाे पुतला दहन गरेका छन । विगत ५ दिनदेखि लगातार विराेधका कार्यक्रमहरुकाे अगुवाई गर्दै अाएकाे जनचेतना युवा क्लबले पुतला दहनपछि जनचेतना मुलक कार्यक्रम तथा हस्ताक्षर संकलन भाेली देखि अन्य युवा क्लबहरुकाे समन्यवमा गर्ने जानकारी मनिष गुप्ताले दिएका छन ।