१४ बैशाख २०८१, शुक्रबार

प्रधानमंत्री र स्थानिय बिकास मंत्रीका सदबुद्धीकाे लागि बहादुरगंज चाैकमा हवन पुजन

अंकुश श्रीवास्तव

कपिलबस्तु,चैत्र ९ । जिल्लाकाे कृष्णनगर नगरपालिका केन्द्र बहादुरगंज नबनाइएकाे निर्णयकाे विराेधमा अाज हवन पुजन

गरिएकाे छ ।

कपिलबस्तु जिल्लाकाे कृष्णनगर नगरपालिकाकाे केन्द्र बहादुरगंज राख्न दबाव स्वरुप तीनदिन देखि चल्दै अाएकाे अान्दाेलनलाई निरन्तरता दिदै दाेस्राे चरणमा अाज प्रधानमंत्री र स्थानिय बिकास मंत्रीलाई भागवानले सदबुद्धी दिउन भनी बहादुरगंज चाैकमा स्थानियबासीहरुले हवनपुजन गराएका छन । ज्ञापनपत्र दिएपछि अान्दाेलन गरियाे, त्यसपछि पनि हामीलाई कुनै अश्वासन प्राप्त नभएकाेले भागवानले सदबुद्धी प्रदान गरून् भनी बहादुरगंज चाैक मै पुजनहवन गरिएकाे स्थानिय निरहु यादवकाे भनाई छ ।

भाेली प्रधानमंत्री र स्थानिय बिकास मन्त्रीकाे पुतला दहन गर्ने र पर्सि चैत्र ११ गते देखि गाउंगाउं हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेकाे जानकारी हरि जयसवालले बताएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट