१३ बैशाख २०८१, बिहीबार

चोथौ प्राचिन कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा ।

कपिलबस्तु । चौथो प्राचिन कपिलवस्तु महोत्वको तयारि अन्तिम चरणमा पुगेको आयोजकले जानकारि दिएको छ । यहि चैत्र ११ देखी १२ दिन सम्म कपिलवस्तु तौलिहवा स्थित श्री बुद्धपद्यम उच्च माविको खेल मैदानमा संचालन हुन गईरहेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी गराएको हो ।
ँकपिलवस्तु जिल्लाको समग्र बिकासको आधार, धार्मिक स्थलको प्रबद्र्धन, पर्यटन, कृषी, उधोग र व्यापार” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव स्थलमा मनोरञ्जनका साधनहरु मोउतका कुवा, आधुनिक झुलाहरु, बाल उद्यानका सामाग्री, मञ्च, स्टल, खानेपानी तथा शौचालय लगायतका आवश्यकीय भौत्तिक पूर्वाधारहरु निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ भने तौलिहवा लगायतका आसपासका क्षेत्रहरुमा महोत्सव मय बनेका छन् । भने स्टल बुकिंक, पत्राचार लगायतका कार्यहरु पनि अन्तिम चरणमा पुगेको आयोजक समितिका संयोजक तथा तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी दिपुले जानकारी दिए । उनले महोत्सवमा प्राचिन कपिलवस्तु झल्को दिने तथा अन्य प्रद्र्धशनी, व्यवसायिक, कृषी, होटल लगायत गरि १ सय ५० भन्दा बढी स्टल रहने जानकारि दिएका छन् । महोत्सवमा करिव २ करोड बढिको ब्यवसायिक कारोबार हुने र २ लाख बढि दर्शकहरुले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
महोत्सवमा बिषेश आकर्षणहरु कपिलवस्तु लगायत आसपासका पर्यटकिय तथा एतिहासिक क्षेत्रहरु प्रद्र्धशनी, गौत्तम बुद्ध सम्बन्धि बित्तचित्र, बाल उद्यानका साधन, आधुनिक झुलहरु, उटको नाच, पद्र्धशनी, स्थानिय कला तथा संस्कृतिको संरक्षण, प्रबद्र्धनकोलागि बिभिन्न कार्यक्रमहरु, बिभिन्न भाषा संस्कृतिका झाकी, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक समितिले जानकारी गराएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट