११ आश्विन २०८०, बिहीबार

बनभोज तथा शुभकामना कार्यक्रम सम्पन्न ।

दिलिप कुमार यादव
चैत्र ६, कपिलवस्तु
सन साईन सामाजिक विकास संस्थाको बनभोज कार्यक्रम सम्पन्न भएको छ । धनकौली ९ चेतरादेई स्थित सनसाईन सामाजिक विकास संस्थाको सबै कार्यसमितका पदाधिकारी तथा कार्मचारीहरुको सहभागितामा बनभोज कार्यक्रम सम्पन्न भएको छ । संस्थाको विभिन्न कार्यक्रमको प्रगति, समस्य चुनौतीहरुको अदान प्रदान तथा मनोरंजानको उद्देश्यले बनभोज कार्यक्रम राखिएको संस्थाका कार्यकारी संयोजक कृष्ण कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।
सोही अवसरमा सनसाईन सामाजिक विकास संस्था द्धारा संचालित सामुदायिक रेडियो कपिलवस्तुका स्टेश्न म्यानेजर सोना खाटिक बंगलादेश लगायत अन्य देशमा जना लाग्नु भएकोमा अवसरमा हार्दिक बधाई दिईएको छ । विश्व सामुदायिक रेडियो संगठान (आमार्क) र एफ.के. नार्बेको सहयोगमा बंगलादेशको रेडियोहरुको अवस्था, कार्यक्रम उत्पादन अदिको विषयमा जानकारी लिन तथा नेपालको सामुदायिक रेडियोहरुको अवस्था तथा विभिन्न विषयको बरेमा अनुभव अदान प्रदान गर्न बंगलादेश जना लग्नु भएको छ । खटिकलाई यात्राको सफालताको शुभकामना दिदै कार्यक्रम सफालताको शुभकामना संस्थाका अध्यक्ष तुलसीराम यादवले दिनु भएको छ ।
खटिकलाई अध्यक्ष यादवले दोसल्ला ओढाई टिका लगाउदै यात्रा तथा कार्यक्रमको शुधकामना दिनु भएको हो । विगत ९ वर्ष देखि रेडियो कपिलवस्तुमा कार्यलय सहयोगी, कार्यक्रम संयोजक, हुदै अहिले स्टेश्न म्यानेजर समेत रहनु भएकी खटिक आप्:नो मेहानत कार्यशैली, कार्यक्रम प्रतिको लगावका करण आज यास्तो ठााउमा पुग्नु भएको यादवले बताए । खटिक एक मधेशी, दलित सामुदायकी भए पनि उनी रेडियोको प्रत्येक कार्यक्रममा दक्षताका साथ काम गरेकै अधारमा अगाडी आउनु भएको समेत बताउदै रेडियोले एउटा माध्यम मत्रै भएको उनले बताए ।
खटिकले बोल्दै अहिले बंगलादेश लगायतका देशमा जना लागेकोमा सम्पुर्ण श्रेया आप्:नो आमा बुवा तथा रेडियो कपिलवस्तुलाई दिनु भएको छ । सामुदायिक रेडियो कपिलवस्तुले सामुदाय स्तार कै कार्यक्रम चलाउन भनेकोमा सामुदाय स्तरकै कार्यक्रम चलाउदा त्यासमा पनि स्वास्थ्य सम्बन्धि कार्यक्रम चलाएको भएकाले मैले यो अवसर पाएको बताईन । सामुदाय स्तारिय स्वास्थ्य सम्बन्धि कार्यक्रम उत्पादन तथा प्रसारणमा काम गरे बापत नेपालको विभिन्न रेडियोहरुको प्रतिस्पर्धा बाट आफु छनौटमा पर्न सफाल भएको स्टेश्न म्यानेजर खटिकले बताईन ।

धेरै कमेन्ट गरिएका