६ जेष्ठ २०८१, आईतवार

बहादुरगंज केन्द्र बनाउन अान्दाेलनमा उत्रेका युवाहरुकाे समर्थनमा दलप्रतिनिधिहरु

 निर्वाचन केन्द्र सम्बन्धि बैठक स्थागित ,

अंकुश श्रीवास्तव,कपिलबस्तु । जिल्लामा संघिय पुनर्संरचनाकाे सर्वदलीय निर्णय विपरित नगरपालिकाकाे केन्द्र परिवर्तन गरिएकाे भन्दै युवाहरु अान्दाेलनमा जाने चेतावनी दिएका छन । कपिलबस्तु जिल्ला प्रविधिक समितिले संघीय पुनर्संरचनामा ११ स्थानिय निकायकाे सिमांकन गर्दा कृष्णनगर नगरपालिकाकाे नगर सदरमुकाम बहादुरगंज नै गर्ने सर्वदलिय निर्णय भएकाे थियाे । तर पछि संरचनाकाे खाका बाहिर अाउंदा कुल १० स्थानिय निकाय कायम भएकाे छ र कृष्णनगर नगरपलिकाकाे केन्द्र साविककाे कार्यालय अर्थात कृष्णनगर नै राखिएकाे छ । यस्ताे षड्यन्त्रपुर्ण चलखेल गरिएर बहादुरगंज जुन ऐेतिहासिक ‘स्युराज खजहनी’काे नामले परिचित थियाे अहिले अाफ्नाे अस्तीत्व पनि गुमाएकाे स्थानियहरुकाे भनाई छ । साथै बहादुरगंजमा मतदान केन्द्र बिषयलाई लिएर निर्वाचन सम्बन्धी बसिएकाे बैठक पनि स्थानिय दलप्रतिनिधिहरुकाे विराेधका कारण बहिष्कृत गरिएकाे छ साथै कृष्णनगर नगरपालिकाकाे सदरमुकाम बहादुरगंजलाई नताेकिएसम्म वडामा बस्ने सबै बैठक स्थागित गराइएकाे दलप्रतिनिधि दिपक शुक्लले बताएका छन ।

धेरै कमेन्ट गरिएका