२२ बैशाख २०८१, शनिबार

हात्तीले आतङ्क मचाउँदा कपिलवस्तुवासी त्रसित ।।

सनिउल्ला धोबी,  कपिलवस्तु, फागनु २५

कपिलवस्तुमा हातीले आतङ्क मचाउँदा कपिलवस्तुवासी त्रसित भएका छन् । कपिलवस्तुको गौतमबुद्ध साझेदारी वनमा आएको हात्तीले यहाँका गुगौली, शिवगढी, गणेशपुर, खुरुहुरिया, भगवानपुर लगायतका गाविसका पचासौ गाउका गाविसका बासिन्दा त्रसित बनेका हुन् ।

हात्तीले गाउँ नजिकै आएर कराउने, किसानले लगाएको अन्नबाली नष्ट गर्ने गरेका करण स्थानीय बासिन्दा त्रसित भएको गौतमबुद्ध साझेदारी वनका अध्यक्ष जानकी यादवले जानकारी दिनुभयो । यादवकाअनुसार जङ्गलको छेउमा गरिएको तारबारसमेत तोडेर बच्चासहित आउने हात्तीले लाखौं मूल्य बराबरको धनमालको नोक्सान गर्ने गर्छन् । हात्ती गाउँमा पस्ने डरले गाउँलेले रातभर जाग्रम बस्ने गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट हात्ती आएको हुनसक्ने गौतम बुद्ध साझेदारी वनका वन रक्षकले बताएका छन् । भारतको जङ्गल हुँदै बच्चासहितको हात्ती आउने गरेकोे अनुमान छ । हात्तीको डरले घाँस दाउरा गर्नका लागिसमेत स्थानीयले जङ्गल जान छाडेको गुगौलीका हरिराम थारुले बताउनुभयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट