विजयनगरमा नि:शुल्क आँखा शिविर सम्पन्न :११७ जनालाई मोतियाविन्दुको अपरेसन

सेयर गर्नुहोस
 कपिलवस्तु विजयनगर
विजयनगरमा नि:शुल्क आँखा शिविर सम्पन्न सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना छन्द काले बाबू नारायणी आँखा अस्पताल बहादुरगन्जको प्राविधिक सहयोगमा २दिने निशुल्क आँखा शिविर संचालन गरिएको हो ।
विजयनगर वडा न. ६ हरिबोध आधारभूत विद्यालय प्रेमनगरमा संचालन गरिएको शिविर मा आँखा चेकजाँच गराइ गाउँ पालिका अध्यक्ष गोपाल बहादुर थापाले उद्घाटन गर्दै पालिकामा रहेका कतिपय नागरिकहरु आर्थिक अभावले उपचार गराउन सकेका थिएनन् शिविर संचालन गर्नुले प्रत्यक्ष लाभ हुने बिश्वास लिएको बताउनु भयो ।
२ दिने संचालित शिविरमा ७ सय जनाले सेवा लिएका छन् । सामान्य अवस्था भएकालाई चेकजाँच गरि आखामा हाल्ने औषधि नि:शुल्क वितरण गरिएको थियोे । शिविरमा ११७ जनालाई मोतियाविन्दुको अप्रेसन गरिएको टोलि प्रमुख डा. आराती काराखेतीले जानकारी दिनु भएको छ ।
Facebook Comments Box