नेपाल-भारत नाका निजि सवारीका लागि खुल्ला , स्थानीयबासी हर्षित

लुम्बिनी । काेराेना संक्रमणकाे कारण देखाई डेढ वर्ष पहिला यात्रुसहितको भारतीय नम्बर सवारी साधन नेपाल प्रवेश बन्द गरेकाे सरकारले पुन: आवागमन अनुमति दिएको छ ।
बढ्दाे कोरोना महामारी संक्रमणका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारदेखि भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित नेपाल प्रवेश दिइएको भन्सार कार्यालयहरुले जनाएका छन् ।
विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यबिक्रम खड्काका अनुसार नजिकको सहरसम्म सुविधामा र नेपालभरका लागि भन्सार काटेर भारतीय यात्रुबाहक सवारी साधनलाई नेपाल प्रवेश खुला गरिएको बताए । ‘हामीले बिहीबार सबै भन्सारलाई परिपत्र गरिसकेका छौं । शुक्रबारदेखि यात्रु बोकेका वा नबोकेका भारतीय निजी सवारी साधन अब शर्तसहित नेपाल आउन सक्नेछन्’ खड्काले अनलाइनखबरसँग भने । यात्रुहरुको नेपाल प्रवेशलाई सरकारले तोकेको कोभिड प्रोटकेकल (सावधानी शर्त) भने अनिवार्य गरिएको छ ।
माथिल्लो निकायको आदेशपछि शुक्रबार बिहानैदेखि यात्रुसहित भारतीय निजी सवारी साधन नेपाल प्रवेश खुला भएको कृष्णनगर भन्सार कार्यालयका प्रमुख जनार्दन शर्माले बताए । ‘दुई देशबीचको सहमतिअनुसार सीमाबाट नजिकको बजारसम्म पहुँच सुविधाअनुसार र त्योभन्दा टाढा भने भन्सार काटेर भारतीय गाडी यात्रुसहित आजबाट जान सक्नेछन्’ भन्सार प्रमुख शर्माले भने । नाका खुलेको पहिलो दिन मध्यान्न १२ बजेसम्ममा कुनै पनि त्यस्ता सवारी साधन नआएको उनले बताए ।
नेपाल-भारत दुवैतिर खुसियाली
प्रतिगमनकारी केपी ओलीकाे सरकारले नेपाल-भारतकाे सम्बन्ध विगार्न खाेजेकाे सबैलाई थाहै भएकाे कुरा हाे तर काेराेना संक्रमण स्तर घट्नेक्रममा पनि नाका ना खुलेपछि स्थानीय व्यवसायीहरु मर्कामा थिए । कांग्रेसकाे सरकारले राेटीबेटी सम्बन्धलाई मजबुत बनाउदै व्यवपारीकाे मर्का बुझेकै कारण नाका पहिले जस्तै सामान्य अवस्था सुचारु गरेकाेमा कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले धन्यवाद दिएका छन ।
कोरोना महामारीका कारण सरकारले अन्र्तराष्ट्रिय नाका बन्द गरेको थियो । पछि सर्वसाधरणको आवागमनका लागि निश्चित नाका खोलेको भएपनि भारतीय सवारी साधन आवागमनमा रोक कायमै थियो । शुक्रबारबाट भारतीय सवारी साधन पनि पास लिएर नेपाल प्रवेश गर्न पाएपछि कृष्णनगरका व्यापारीहरु खुशी बनेकाे उद्योग वाणिज्य संघ कृष्णनगरका सदस्य अजित सिंह बताउंछन ।
नेपाल-भारत समाजिक मञ्चका संयाेजक अकरम अब्दुल रहमान खान ले नाका खुलेकोमा नेपालका स्थानीय र भारतीय पनि खुशी रहेकाे बताए । काेराेना संक्रमणकाे नाममा नेपाल-भारत सम्बन्धलाई विगार्न खाेज्ने पछिल्लो सरकारकाे गल्तीलाई सुधार गर्दै अबकाे गठबन्धन सरकारले नाका खाेलाएकाेमा धन्यवाद दिदै भारतीय तीर्थयात्रीहरुलाई स्वागत गर्न कृष्णनगर भन्सार नाका मै पुगेर स्वागत गरेका छन ।
भारतका संचारकर्मी अजय गुप्ता भन्छन – गाडी भएर पनि नेपालका धार्मिक तीर्थस्थलहरु शिवगढी , प्रभुनाथ, मनकामना,मुक्तिनाथ, पशुपतिनाथको दर्शन गर्न जान पाएका थिएनौं ।लुम्बिनी , सौराहा, पोखरा लगायत रमणीय स्थान घुम्न जान सकेका थिएनौं,’ उनले भने, ‘अब परिवारलाई साथमा लिएर भगवानको दर्शन गर्नुको साथै पर्यटकीय स्थलहरुको आनन्द लिन्छौं । रोटीबेटीको सम्बन्ध छ, कोरोना महामारीले गर्दा केही समय टाढा बस्नुपरको थियो,’ उनले भने, ‘अब फेरि त्यो हटेको छ, स्वागतयोग्य कदम छ ।’
भारतले २२ अक्टोबर २०२० बाट नै सीमा नाका खोलिदिएको थियो तर भारतीय सवारी साधन आवागमनमा रोक थियो ।
यता रुपन्देहीको भैरहवा भन्सार कार्यालयले पनि शुक्रबारदेखि भारतीय गाडीका लागि नाका खुलेको जनाएको छ । कोरोना प्रोटकल पालना गरेर यात्रु बोकेका भारतीय नम्बर प्लेटका जिप, कार, मोटरसाइकल जस्ता सवारी साधन नेपाल प्रवेश गर्न सक्ने भैरहवा भन्सारका प्रमुख मनिराम पौडेलले बताए ।
नाका खुलेपछि भैरहवा भन्सारबाट सवारी साधन नेपाल प्रवेश शुरु भएको भन्सारका सूचना अधिकारी तीर्थराज पासवानले बताए । उनकाअनुसार एकै दिनमा फर्किने गरी बिना शुल्क नजिकको बजारसम्म भारतीय गाडी जान सक्नेछन् । यस्तै बढीमा ७ दिनका लागि एक पटकमा कारको लागि पाँच सय, मोटरसाइकलको लागि १५० र टेलरसहितको ट्याक्टरका लागि ७५० रुपैयाँ भन्सार काट्नु पर्ने सूचना अधिकारी पासवानले बताए ।
वीरगञ्ज नाकामा भारतीय पाहुनालाई होटल व्यवसायीले गरे स्वागत
देशकै प्रमुख नाका वीरगञ्ज–रक्सौल नाकाबाट पनि भारतीय गाडीको आवागमन शुरु भएको छ । सरकारले तोकेको प्रक्रिया पूरा गरी आएका भारतीय सवारी साधनलाई नेपाल प्रवेश गर्न दिइएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । असोज ५ गते सरकारले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी ओदश २०७८’ जारी गरेको छ ।
शुक्रबार बीआर ०६ सीएम ०३२४ नम्बरको भारतीय सवारी साधन आवश्यक प्रक्रिया पूरा गरी वीरगञ्ज नाका भएर नेपाल प्रवेश गरेको छ । उक्त सवारीमा नेपाल प्रवेश गरेका पाहुनालाई होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जको टोली शंकराचार्य गेट पुगी माला लगाएर स्वागत गरेका छन् ।
भारतीय सवारी आवागमनमा रोक लाग्दा कोरोना महमारीका कारण थला परेको होटल तथा पर्यटन व्यवसाय माथि उठ्न नसकेको गुनासो व्यवसायीले गर्दै आएका छन् । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले भारतीय सवारी साधन आउन दिँदा पर्यटन व्यवसायले पुर्नजीवन पाउने बताए ।
यस्तो छ यात्रुले पालना गर्नु पर्ने शर्त
भारतीय नम्बर प्लेटको सरकारी वा निजी सवारी साधनमा नेपाल आउने यात्रुले कोरोना बिरुद्धको खोपको मात्रा अनिवार्य रुपमा पूरा गरेको हुनुपर्नेछ । यस्तै ७२ घण्टा अघिको पीसीआर नेगेटिभको रिर्पोट वा एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने शर्त पनि छ । नेपाल आउने यात्रुले सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थान केन्द्र) ले तयार पारेको यात्रु सूचना फारम भने अनिवार्य रुपमा भरेर सीमा नाकाको अध्यागमनमा बुझाउनु पर्नेछ ।
