१३ बैशाख २०८१, बिहीबार

श्रृजना बस्नेत मृत्यु घटनामा यो कस्तो मोड सिआइबी टोली पुग्यो विर्तामोडमा

लक्ष्मण बि सि,
२०/ साउन अर्घाखाँची ,बिर्तामोडकी सिर्जना बस्नेतको रहस्यमय मृत्युको घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी को टोली झापा पुगेको छ । अनुसन्धान जटिल भएपछि सिआइबीको टोलीसमेत झापा पुगेको बताइएको छ । असार २८ गते सोमबार घरअगाडि बस्नेतको शव फेला परेको थियो । बिर्तामोड–५ मा डेरा गरी बस्दै आएकी बस्नेतको शव फेला परेपछि उनको ज्यान लिएको हुनसक्ने आशङ्का गरिएको थियो । प्रहरीले सोहीअनुसार अनुसन्धानलाई अघि बढाएको थियो ।

घटनाको अनुसन्धान संवेदनशील मोडमा पुगेपछि प्रहरीले सिआइबीको सहयोग लिइएको छ । यसअघि इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी कार्यालय विराटनगरको टिमले अनुसन्धान गरिरहेको थियो । पछिल्लो समय समाजमा नकारात्मक घटनाहरु बढ्दै गै रहेका छन् । सामान्य विवादमा मानिसहरु मान्छेलाई नै सन्सारबाट बिदा गरिदिने काम गर्न थालेका छन् । अझ महिला र बालबालिकामाथि हुने हिं सा त समाजमा झनै बढिरहेका छन् । यस्तै घटनाको निरन्तरताको रुपमा झापाको बिर्तामोडमा भएको उक्त घटनालाई लिइएको छ ।

त्यहाँ बिहान मर्निङ वाकमा हिडेका एक ब्यक्तिले शं का स्प द केही बस्तु देखेका थिए । नजिकै गएर हेर्दा केटी मान्छेको शव भएको पाएर तत्कालै प्रहरीलाई खबर गरेका थिए । बिर्तामोडमा ती युवतीको शव फेला परेको समाचार एकै छिनमा फैलियो । उनी बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीया सिर्जना बस्नेत भएको थाहा भयो । उनको शव आफू बस्ने घर अगाडि सडक किनारमा फेला परेको प्रहरीले जनाएको थियो ।

बिहान बाटो हिँड्ने मानिसले बिर्तामोडको सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यले बताएका थिए । बस्नेत बिर्तामोडस्थित एक सहकारीमा कलेक्टरको काम गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो । प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको र घटनाको कारण र संलग्न ब्यक्ति पत्ता लगाउने प्रयास गरिरहेको प्रहरीले जनाएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट