पशुपतिनाथ क्षेत्रमा निर्माण गरिएको चर्च हटाउन महाकाल सामाजिक संस्था लगायत बिभिन्न हिन्दुबादी संस्थाहरुको संयुक्त ज्ञापन पत्र

काठमाडौं । पशुपतिनाथ मन्दिर नेपाल लगायत विश्वका हिन्दुहरुको धरोहरका रूपमा रहेको छ। विश्वका हिन्दु धर्मावलम्बीहरु भगवान पशुपतिनाथको दर्शन र बिशेष पुजापाठ गर्नको लागि आउने गरेको पाइन्छ। बर्षको महाशिवरात्रीको दिनमा दर्शन गर्न लाखौको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ।
यस पशुपतिनाथ क्षेत्रमा निर्माण गरिएको चर्च हिन्दुहरुको आस्था माथि प्रहार भएको छ। त्यहाँ चर्च निर्माण हुनु भनेको गैर‌कानुनी रहेको छ। नेपालको संविधानमा एक धर्मले अर्को धर्म र सम्प्रदायलाई आच आउने किसिमको कुनै पनि कार्य गर्न पाईदैन तर पशुपति क्षेत्र चर्च निर्माण हुनु सम्पूर्ण हिन्दु र हिन्दुत्वको संस्कृति र संस्कार माथि ठाडो प्रहर भएको छ।प्रचलित नेपालको संविधान २०७२ एवम् प्रचलित ऐन नियम एवं श्री पशुपति क्षेत्र विकास कोषको बिपरित कार्य गरेको हुँदा सो चर्चलाई तत्काल श्री पशुपति क्षेत्रको जग्गा बाट हटाई जग्गाको संरक्षण गर्ने ब्यवस्था मिलाउने भनी संयुक्त ज्ञापन पत्रमा उल्लेख छ।
ज्ञापनपत्रमा विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय तर्फबाट अध्यक्ष सागर थापा, हिन्दु युवा संयोजन नेपालका संयोजक अभिषेक जोशी, शिव सेना नेपालका सह-सचिव सिर्जना वाग्ले, सनातन धर्म महासंघका महासचिव अमर परियार,सगौरा नेपालका कोषाध्यक्ष उषा राई, सनातन संस्कृति समाजका योगराज पोखरेल, हिन्दु जागरण नेपालका ध्रुव राज लुईटेल, मजदुर संघको मनोज सापकोटा,भगौति मानब कल्याण संगठन ने रा स बाट रामेश्वर थापा,नेवा:सास्कृति समाज काठमाण्डौंका नरेश वीर शाक्य, मालिगाउ समाजका अध्यक्ष कृष्ण श्रेष्ठ,श्री रुद्रमती युवा समाजका अध्यक्ष भरत प्रसाद गुरागाईं र महाकाल सामाजिक संस्था कपिलवस्तुका अध्यक्ष धर्मराज विश्वकर्माको संयुक्त हस्ताक्षरमा पशुपति क्षेत्र विकास कोष गौशाला काठमाडौंका कार्यकारी निर्देशक समक्ष आवश्यक कार्यवाही गरी पाउँ भनेर ज्ञापन पत्र बुझाईएको छ।