१२ बैशाख २०८१, बुधबार

राजनीति छाडौं कि भन्ने लाग्छ,तर छाड्न परिस्थिति छैन : माधव नेपाल

काठमाडौं ,१९साउन। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति छाड्ने संकेत गरेका छन्। उनले परिस्थितिका कारण मात्रै राजनीति छाड्न नसकेको स्पष्ट पारे।कहिलेकाहीँ त राजनीति छाडौं कि भन्ने लाग्छ। तर परिस्थितिले छाड्न दिएको छैन,’ राजधानीमा आयोजित किताब विमोचन कार्यक्रममा उनले भने।

अध्यक्ष नेपालले मंसिर ४ गते हुने निर्वाचनमा पनि आफू उम्मेदवार बन्नैपर्ने भएको बताए। नउठे डरायो कि भन्ने बुझाइ हुनसक्ने उनको भनाइ छ। ‘मंसिर ४ गते हुने चुनावमा नउठ्ने कुरा पनि भएन। डराएछ कि क्या हो माधव नेपाल भन्ने हुनसक्छ,’ उनले भने।आगामी निर्वाचनमा जित्नैपर्ने उनले बताए। उनले विजयको शंख बजाएर जनताका बीच आउनुपर्ने बताए।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट