१३ बैशाख २०८१, बिहीबार

महाराजगन्जमा लकडाउनको प्रभाव, बजार सुनसान

धनी राम काेरी
कपिलवस्तु , २७ , साउन
कपिलवस्तुको महाराजगन्ज नगरपालिका लकडाउनको प्रभावले सुनसान बनेका छ । जिल्लामा कोरोना भाइरसका संक्रमित समुदायस्तरमा बढ्न थालेपछि बढ्दो जोखिम न्यूनिकरणका लागि लकडाउन जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम २७ गते बिहान ५ बजे देखि श्रावण ३२ गते राती १२ बजे सम्म जिल्लामा लकडाउन जारी गरिएको छ ।
कपिलवस्तु जिल्ला भित्र अत्यावश्यीक वस्तुहरु काे ढुवानी ( खाद्यान्न, तरकारी, फलफूल, दुध पेट्रोलियम पदार्थ, ग्याँस, औषधि, पानी, पशुपंक्षी, दाना) ,एम्बुलेन्स , शवबाहन र राजमार्ग भएर गुड्ने सवारी साधनहरु ( जिल्ला भित्र अाेर्लिने र चढ्न नपाउने गरी ) बाहेक यस जिल्ला भित्र गुड्ने सबै प्रकारका निजी र भाडाका सवारी साधन सञ्चालन पाइने छैन ।
जिल्ला भित्र का सबै किसिमका व्यापार , व्यवसाय जस्तै चिया पसल , खाजा घर , हाेटर र रेष्टुरेन्ट अन्य समेत बन्द भएको छ । यस अगाडी गत विहीबार देखि जिल्लामा नीजि सवारी साधन जोर विजोर प्रणालीबाट सञ्चालनको अनूमति थियो । त्यो अनूमति पनि खारेज भएको छ ।
यस्तै उद्योगधन्दा, कलकारखानाको हकमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्यूनतम स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्न पाइने प्रशासनले स्पष्ट पारेको छ । जिल्ला भित्रका सरकारी कार्यालय, गैरसकारी संघ संस्था, बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कारोबार पनि पूर्ण रुपमा बन्द भएका छन् ।
लक डाउन उल्लंघन गर्नेलाई कानुन बमोजिम कार्वाही हुनेछ ।
साथै खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक विहान ८ बजेदेखि १० बजेसम्म समय छुट्याइएको छ ।
इलाका प्रहरी कार्यालय महाराजगन्ज र शस्त्र प्रहरी बल काे प्रहरी काे सक्रियता मा गाउँ गाउँमा गएर सर्वसाधारणलाई सचेत गराउने र साउन्ड बाट पनि सचेत गराउनु भए छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट