तीनमहिनाकाे पसल भाडा नलिने नगरप्रमुख शाहकाे निर्णय

Read Time:1 Minute, 11 Second


कृष्णनगर, असार २८ । कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले कृष्णनगर अवस्थित अाफ्नै कम्पलेक्स(राघवेन्द्र कम्पलेक्स) काे कुल ३२ वटा सटरका २५ पसलवालालाई ३ महिनाकाे भाडा नलिने निर्णय गरेका छन ।
लकडाउनका बेला व्यवसाय नभएका कारण विषम परिस्थितिमा हामी जनताकाे साथ रहेका छाैं र मेराे व्यक्तिगत तर्फबाट पनि अाफ्नाे नगरका जनतालाहृ सहयाेग गर्दै अाएकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनु भएकाे छ। नगरप्रमुखले प्रति सटर ३ हजार देखि ५ हजारसम्म पर्ने सबै पसलहरुकाे भाडा माफ गरेपछि पसलवाला हर्षाेत्साहित भएका छन । नगरभित्रका अन्य घरबेटीहरु पनि लकडाउन अवधिभरकाे भाडा माफ गरे व्यवसायीहरुलाई केहीराहत हुने नगरप्रमुख शाहकाे तर्क थियाे । हिजाे कृष्णनगर कै युवा व्यवसायी अरविन्द कंछलले पनि कुल १० पसलकाे भाडा माफ गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *