रुई गाउँ नेपालकै हाे ताम्रपत्र सुरक्षित रहेकाे भनाई

Read Time:1 Minute, 47 Second


गोरखा ।हाल तिब्बतमा परेको रुई गाउँ नेपालकै भएको प्रमाण स्थानीयसँग अझै पनि सुरक्षित रहेको स्थानीय अगुवाहरुले दाबी गरेका छन् । ‘त्यो हाम्रै देश हो, यसको प्रमाण नै छ,’ गोरखाको तत्कालीन ल्हो गाविसका पूर्वअध्यक्ष तेन्जेन लामा भन्छन्, ‘रुई गाउँ एकचोटि पुगेको पनि छु म ।’

साभार : कान्तिपुर

रुई गाउँ नेपालकै भएको प्रमाणका रूपमा ताम्रपत्र अझै पनि साम्दोमा सुरक्षित रहेको उनको दाबी छ । उनले भने, ‘त्यहाँ हामीलाई यताउता डुल्न दिँदैन, जुन घरमा गएको हो त्यहीँ बसेर फर्कनुपर्छ ।’ नेपाल र तिब्बतको सीमा सुक्चे खोला रहेको उनले बताए । ‘अहिले साम्दो र रुईबीचको ठाउँमा सिमेन्टको मन्दिरजस्तो बनाएर स्तम्भ गाडेका छन्,’ उनले भने ।
२०१८/०१९ सालको नापी र मालपोतको अभिलेखमा पनि रुई गाउँ नेपालको भएको प्रमाण पाउन सकिने उनको भनाइ छ । ‘पहिले–पहिले बर्खामा रुईका मान्छे साम्दो आउँथे, हिउँदमा रुई गाउँ उक्लन्थे,’ उनले भने, ‘पहिले त नुन, उनको व्यापारिक केन्द्र नै साम्दो थियो नि ।’ चीनले तिब्बतलाई आफ्नो स्वशासित क्षेत्र बनाएपछि नेपालको केही भूभाग तिब्बततिर परेको हुन सक्ने लामाको आंकलन छ ।
साभार: कान्तिपुर अनलाईन पत्रिका

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *