१३ बैशाख २०८१, बिहीबार

कपिलवस्तुमा ५० जनाकाे पिसिआर रिपोर्ट नेगेटिभ

राम प्रघट कोरी
बैशाख ३१/विजयनगर ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा ५० जनामा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
आइतवार २८ गते ५० जनामा पिसिआर स्वाब संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवामा पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कुमार थापाले जानकारी दिनुभएको छ ।

आज बिहान ६ बजे आएको सुचना अनुसार सबै रिपोर्ट नेगेटिभ आएको हो । भारतको महाराष्ट्रको मुम्बई, पुणे ,दिल्ली ,पंजाब लगायत विभिन्न ठाउँबाट आइ गाउँपालिका नजिकै रहेको दशगजा क्षेत्रमा उनीहरुलाई राखिएको थिथो ।

सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको भन्दै सुम्पूर्ण नागरिकलाई नअत्तिन र लकडाउनको पूर्ण पालना गर्न गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले अनुरोध गर्नुभयो ।

त्यसैगरी सोमवार २९ गते सोही स्थानबाट २६ जनाको स्वाब संकलन गरिएकोमा पिसिआर परिक्षण भइरहेको थापाले बताउनुभयो ।

स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी

धेरै कमेन्ट गरिएका

ताजा उपडेट