१२ बैशाख २०८१, बुधबार

माघ २५ गते देखि हात्तीपाईले राेगकाे अाैषधि खुवाइने

अंकुश श्रीवास्तव
कृष्णनगर , माघ २४ । कृष्णनगर नगरपालिका लगायतका अन्य स्थानिय तहहरुमा भाेलीदेखि स्वास्थ्यकर्मीहरुले हात्तीपाईले राेग विरुद्धकाे अाैषधि घरघरमा पुगेर खुवाउने बताईएकाे छ ।
कृष्णनगर हेल्थपाेष्टमा अायाेजित बहुनिकाय अन्तरक्रिया गाेष्ठीमा यही माघकाे २५ गतेदेखि हात्तीपाईले राेग विरुद्धकाे अाैषधि घरघरमा पुगेर स्वयंसेविका ले खुवाउने गरेका थिए तर यसपाली अझप्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरु अाफै गई पाेकामा नदिएर सामुन्ने खुवाउने जानकारी गराईएकाे छ । याे अभियानमा स्थानियतहका प्रतिनिधि संघसंस्था , सुरक्षा निकाय तथा विद्यालयहरुले समेत सहयाेग गर्नुपर्ने प्रशिक्षक गंगाराम यादवकाे भनाई थियाे । उनले कपिलवस्तु जिल्लामा हात्तीपाईले राेगी संख्या बढी भएकाले बाह्रौं पटक अाैषधि खुवाउने अभियानमा लाग्नु परेकाे बताए । कार्यक्रममा , नगरप्रमुख रजत प्रताप शाह, उपप्रमख सबनम खातुन लगायत विभिन्न निकायका प्रतिनिधिहरुकाे उपस्थिति थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट