१३ बैशाख २०८१, बिहीबार

स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम

प्रिया अधिकारी/रुपन्देही फाल्गुन २७ हेमराज डिफेन्सी हेल्थ इन्टरनेसनल प्राली र नागरिक सचेतना केन्द्रको आयोजनामा एक दिने स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।रुपन्देही जिल्लाको कन्चन गाउँपालिका वडा न: १सानो उकालिमा ५०जनाको सहभागीता रहेको उक्त कार्यक्रममा स्वस्थ जीवन जिउनका लागि अपनाउनु पर्ने आधारभूत विषयका बारेमा जानकारी प्रदान गरिएको थियो ।विभिन्न रोग सम्बन्धि जानकारी र त्यसको समाधानका बारेमा सुबास पल्ली मगर र राजकुमार सेवाले सहजीकरण गरेका थिए ।असन्तुलित आहारबाट हाम्रो स्वास्थ्यमा सामान्य देखि जटिल रोग लाग्ने र खाने कुराहरुको मिसावट गरि खादा स्वास्थ्यमा असर गर्नुका साथै मानिसको ज्यानै जान सक्ने बताउदै यसमा सबै सचेत हुनुपर्ने बताए थिए ।त्यसै गरि विभिन्न औषधिको प्रयोग गर्ने तरिका र रोगका रोगथामका बारेमा सजकता अपनाउनु पर्ने बताए । कार्यक्रमकि प्रमुख अतिथी समेत रहेकी नागरिक सचेतना केन्द्रकि अध्यक्ष गुममाया कुवरले बोल्दै पुरुषलाई भन्दा महिलालाई स्वास्थ सम्बन्धि समस्या धेरै आउने हुँदा यस्ता कार्यक्रमले चेतना अभिवृद्धि गरि व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भुमिका खेल्ने बताइन् । समस्या आउनु भन्दा समस्या आउन नदिनु नै पहिलो अचुक उपाय भएकाले सबै सचेत हुनुपर्ने कुरामा जोड दिएकी थिइन। डिफेन्सी हेल्थ इन्टरनेशन प्राली मानव व्यवस्थापन संकायका बल बहादुर चुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक सचेतना केन्द्रकि कोषाध्यक्ष सिमा श्रीस,प्रिया अधिकारी लगायतले आआफ्नो धारणा राखेका थिए।डिफेन्सी डिलर शेयर सदस्य गोविन्द दर्नालको स्वागत मन्तव्य रहेको कार्यक्रम विजय परियारको सञ्चालनमा सम्पन्न भएको थियो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट