१६ चैत्र २०८०, शुक्रबार

कृष्णनगर नपाले सिफरिस निशुल्क दिने निर्णय


कृष्णनगर , फल्गुन १५ । कृष्णनगर नगरपालिकाले कुल पन्द्रह थरिका सिफारिसलाई निशुल्क दिने निर्णय गरेकाे छ ।
अाज बसेकाे नगरकार्यपालिकाकाे बैठकले नगरपालिका भित्रका नागरिकलाई व्यक्तिगत घटना दर्तामा सहजता प्रदान गर्न निशुल्क सिफारिस दिने नगरकार्यपालिकाबाट निर्णय गरिएकाे नगरप्रमुख रजत प्रताप शाहले जानकारी गराउनुभएकाे छ । नगरपालिका भित्रका जनताले सम्बन्धित वडाबाट निशुल्क सिफारिस लिन सक्ने नगरप्रमुख शाहले बताए । याे निर्णय संगै कृष्णनगर नगरपालिकालाई प्रदेश मै नमुना नगर बनाउने नगरप्रमुख शाहले उद्घाेष गरेका छन ।

निशुल्क सिफारिस दिन शुरुआत गर्ने हाम्राे कृष्णनगर नगरपालिका जिल्लामै पहिलाे नगरपालिका बनेकाे उपप्रमुख सबनम खातुनले बताईन । व्यक्तिगत घटना दर्ता गराई नगरपालिकाबाट पाईने सुविधाकाे फाईदा उठाउन पनि उनले अाग्रह गरिन ।

कृष्णनगर नगरपालिकाले नागरिकता, जन्मदर्ता,मुत्युदर्ता, बसाईसराई, सम्बन्ध विच्छेद , द्वन्द्व पिडित, अापंगता लगायतका वडा र नगरपालिकाबाट दिईने कुल पन्द्रह प्रकारका सिफरिस निशुल्क दिने सुचना प्रत्येक वडामार्फत प्रकाशित गरिसकेकाे छ ।

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट