१३ बैशाख २०८१, बिहीबार

फोरम नेपाल दाङमा सक्रिय ।।

दाङ माघ ६/२०७५:सङ्घीय समाजवादी फोरम नेपालले आफ्नो सगठन बिस्तारलाई तिब्रता दिएको छ । नेपालै भरी प्रदेश जिल्ला नगरपालिका गाउपालिकामा सगंठन् विस्तार तिब्रा पारेको संघिय समाजवादी फोरम नेपाल प्रदेश नं ५ का अध्यक्ष अशोक कुमार यादवले जानकारी दिनु भयो । फोरम नेपालले दाङ जिल्लाको राप्ती गाउँ समितिको भेला अाज सिसाहनियामा सम्पन्न भएको छ । भेला अायोजक समिति संयोजक मनिराम चौधरीको अध्यक्षता एवं प्रदेश अध्यक्ष अशोककुमार यादवको प्रमुख अातिथ्यमा सम्पन्न भेलाले मनिराम चौधरीको अध्यक्षता १५ सदस्यीय गाउँ तदर्थ समिति गठन गरिएको छ । समिति उपाध्यक्षमा अमृत परियार, सचिवमा सन्तोष चौधरी,कोषाध्यक्ष सन्जु चौधरी,सहसचिवमा जिवलाल पुन सदस्य पाटेश्वर चौधरी,निर्जल चौधरी,कृष्ण पुन ,सुरेश चौधरी,मनोज चौधरी,राजकुमार चौधरी,अमित चौधरी,जानकी चौधरी,हिरामोति चौधरी,रामकृष्णी चौधरी, रहेका छन । कार्यक्रममा जिल्ला सदस्य भरतलाल चौधरी,गढवा गा पा सदस्य सीताराम यादव लगायतकाले पार्टीको नीति तथा सिद्धान्त माथी प्रकाश पार्नु भएको थियो । सन्तोष चौधरीको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रमको संचालन समाजवादी युवा फोरम नेपालका जिल्ला अध्यक्ष दुर्गा यादवले गर्नु भएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट