१३ बैशाख २०८१, बिहीबार

स्थानिय सरकारलाई सुचनामैत्री वनाइने : नगर प्रमुख अधिकारी


सनिउल्ला धोबी, कपिलवस्तु पुष ९,
आधुनिक प्रविधिको प्रयोग गरी स्थानिय सरकारलाई सुचनामैत्री वनाउने शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले वताउनु भएको छ । स्थानिय तह नै यहाको सरकार भएकोले नगरपालिकावाट प्रवाह भईरहेका सेवा सुविधालाई नागरिकलाई जानकारी गराउनको लागी सहज सुलभ बनाइने नगरप्रमुख अधिकारीले वताउनुभयो ।
कपिलवस्तुको चन्द्र्राैटामा आयोजित सेवाग्राही र सेवा प्रदायक निकाय विचको जवाफदेहिता ,पारदर्शिता र भष्टाचार विरुद्ध शुन्य शहनशीलता विषयक वहस कार्यक्रममा नगरप्रमुख अधिकारीले अधिकारीले जिल्लाको अन्य नगरपालिका भन्दा शिवराज नगरपालिका विकास निर्माण र सुचना आदान प्रदानमा अगाडी भएको दावी गर्नुभयो । उहांले भष्टाचार भनेको पैसा लिनु दिनु मात्र नभई सरकारी ओहोदामा बसेका ब्यक्ती समयमा कार्यलयमा नपुग्नु ,कागजात पुरा हुँदा पनि काम नगरदिनु पनि भष्टचार भएको वताउदै आफनो कार्यालयमा त्यसो भएको पाईएमा कारवाहीको दायरामा ल्याउने अधिकारीले वताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख शिव कुमारी थारुले नगरपालिकाले अपाङ्गता भएका किशोरी, विपन्न महिला तथा एकल महिलाका लागी विभिन्न सिप मुलक तालिमको लागि बजेट विनियोजन गरेको बताउनु भयो । साथै शिक्षित किशोरीहरुको लागी समेत लोकसेवा कक्षा तयारीका लागी अब छिट्टै कक्षा संचालन गर्ने बताउनु भयो । । कार्यक्रममा जवाफ दिंदै प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले नगरपालिका सुचनामैंत्री भएको वताउनुभएको छ । नगरपालिकाले जारी गर्ने हरेक सुचनाहरु वेभसाईटमा राखिने गरिएको वताउनुभएको छ । सुचनामैत्री नगर वनाउने उदेश्य अनुसार मोवाईल एप्पस संचालनमा ल्याउने तयारी गरिएको वताउनुभएको छ । कार्यक्रममा विभिन्न संघसस्था , तथा संवाद केन्द्रका किसोरीहरुले नगरपालीका संग सम्वन्धीत प्रश्नहरु उठाएका थिए ।
कार्यक्रम नगर प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यता, उपप्रमुख शिवकुमारी थारु, प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलको विशिष्ट आतिथ्यता , राष्ट्रिय मानव अधिकार प्रतिस्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडा, वडा नं १ का वडा अध्यक्ष जगत बहादुर जि.सी ,होटल ब्यावसायी संघका उपाध्यक्ष लेखनाथ घर्ति,किर्डाक नेपालका कार्यक्रम संयोजक श्री बहादुर भण्डारी,नेपाल पत्रकार महासंघका कोषाध्यक्ष दिपक खड्का सगरमाथा वेलफेयर सोसाइटीका गोबिन्द ढङ्गाना लगाएतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम रेडियो समानता स्टेशन म्यानेजर कृष्ण गैरेको अध्यक्षता , र पत्रकार माधव वेल्वासेको संचालन रहेको थियो । कार्यक्रम सामुदायिक रेडियो समानताको आयोजना स्टोम फाउण्डेशन ,किर्डाक नेपालको सहयोग , र रेडियो शिवराजको समन्वयमा सम्पन्न भएको हो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट