१३ बैशाख २०८१, बिहीबार

न्याय सुरक्षा र संचार जनताकै सहज सेवाका लागि ;उप प्रमुख

 

कपिलवस्तु मंसिर २२ / महाराजगंज नगरपालिकाको उप प्रमुख तथा न्यायिक समितिको संयोजक शुभावती
कुर्मीले न्याय सुरक्षा र संचार जनताकै सहज सेवाका लागि भएको बताउनुभएको छ
। उप प्रमुख शुभावती कुर्मीले संचार माध्यम र पत्रकारहरुले खेलेको भु्मीका अहम
रहेको बताउनु भएको थियो । कपिलवस्तुको महाराजगंज नगरपालिकामा सुरक्षा
तथा न्याय क्षेत्रका सरोकारवाला र संचारकर्मी विच सम्वाद कार्यक्रममा उहाले
यस्तो बताउनु भएको हो ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजना सर्च फर कमन ग्राउण्ड र
युके एडको सहयोगमा सो कार्यक्रम सम्पन्न्न भएको हो । नगरपालिकाको
सभाहलमा न्यायिक सुचना सम्प्रेषणमा मिडियाले दिएको महत्व ,तथा न्यायिक
समितिबाट न्याय सम्पादनमा देखिएका समस्या लगाएतका विषयमा सम्वाद गरिएको
थियो ।

समुदायको कुरिति कुसस्कार र अन्धविश्वासको निराकारण अझै हुन नसकेको
न्यायिक समितिका सदस्य जगदिश प्रसाद तिवारीले जानकारी दिनुभयो । स्थानिय
निकायमा उत्पन्न भएको समस्या समाधानमा लाग्नुपर्नेमा तिवारीले जोड दिनुभएको
थियो ।

इलाका प्रहरी कार्यालय महाराजगजंका प्रमुख अशोक कुमार श्रीवास्तावले संचार
माध्यम र पत्रकारहरुले हतारको निर्णय भन्दा पनि वास्तविक र यथार्थ कुराहरुको
सम्प्रेषणमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका सचिव हरि अधिकारी, सुरक्षा
निकाय, तथा विभिन्न संचार माध्यममा कार्यरत पत्रकार तथा संचारकर्मीहरुको
उपस्थिति रहेको थियो । पत्रकार महासंंघ कपिलवस्वतु शाखा सदस्य सनिउल्ला
धोबीले सो कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट