१३ बैशाख २०८१, बिहीबार

जन्मदिनको अवसरमा सांसद शाहले भने विकासको लागि खटेको छु ।।


सनिउल्ला धोबी, कपिलवस्तु असोज १५
सांसद अभिषेक प्रताप शाहले कपिलवस्तु विकासको लागि हरपल हरदम लागि परेको
बताउनु भएको छ । कपिलवस्तुको क्षेत्र नं ३ बाट निर्वाचित सांसद अभिषेक
प्रताप शाहले कपिलवस्तुको समग्र विकासको लागि आफु र आफ््नो पाटीले पहल
गरी रहेको बताउनु भएको छ ।
सांसद शाहले आफ््नो जन्म दिनको अवसरमा पत्रकारहरुसगं कुराकानी गर्दै
कपिलवस्तुको भौतिक पुर्वाधार, विकास निर्माण, स्वास्थ्य, कृषि लगायतको
लागि केन्द्र देखी विभिन्न मन्त्रालय विभागमा पहल गरिहेको बताउनु भयो ।
आफ््नो जन्म दिनको अवसरमा कपिलवस्तुको कृष्णनगरमा रहेको शाह भवनमा
पत्रकारहरुसग कुराकानी गर्दै उहाले आफुले यहाको हुलाकी निर्माण कार्य आर
टिओ रोड निर्माणमा जोड दिएको बताउनु भयो ।
शाहले हुलाकी राजमार्गलाई निर्माण गर्न अब केही दिनमा टेन्डर हुने समेत
बताउनु भयो । हुलाकी राजमार्ग निर्माणले यहाको समग्र विकास हुने बताउनु
भयो । शाहले कपिलवस्तु विकासको लागि यहाका स्थानिय तहसगं समन्वय गरी विकास
योजना निर्माण गर्ने लक्ष्य रहेको बताउनु भयो ।
सांसद अभिषेक प्रताप शाह वुवा पुर्व सांसद स्वर्गिय अजय प्रताप शाह र आमा
सरोजनी देवी शाहको कोखबाट वि.स २०३९ सालमा जन्मीनु भएको हो । बर्षमा
२५ मै सांसद बन्न सफल चर्चित सांसद शाह ३६ बर्ष पार गरी ३७ बर्षमा प्रवेश
गरेको गर्नु भएको छ । आफ््नो क्षेत्र विकासका लागि शाहले पाउने ४ करोड
बजेटमा हुलाकी राजमार्ग र आरटीओ राजमार्गमा विशेष जोड दिने प्र्रतिबद्धता
व्यक्त गर्नु भयो । रााण काल देखी बन्द नसकेको सडक निर्माण गर्न शाहले जोड
दिनु भएको छ ।
विकासको कुरा सुनेपछी शाह भवन पुगेका कपिलवस्तुवासीहरु खुसी भएका छन । शाह
भवन पुगेका सन्तोष कुमार यादवले विकासका लागि सांसद शाहले पुर््याएको
योगदान बारेमा खुलेर प्रशांसा गर्नु भयो । सन्तोष कुमार यादवले भन्छन शाह
परिवारको देनले कपिलवस्तुको सर्वपक्षिय विकास भएको छ । त्यस्तै भलवरीका
कृष्ण दास हरिजनले सांसद शाहले विगतमा गरेको विकास निर्माण कार्यले
आफुहरुलाई धेरै नै लाभ भएको बताएका छन । भलवारी शाहको पुरानो घर
समेत भएकोले हुलाकी रोड सगै यहा सिचाई सुविधाका लागि कन्चनिय नदी
सिचाई योजना लागु गरेकोमा कृष्ण दास हरिजनले खुलेरा प्रशांसा गर्नुभयो
। सांसद शाहको जन्म दिनको अवसरमा केन्द्र देखी स्थानिय नेता कार्यकर्ताहरुले
समेत शुभकामना दिएका छन । शाह एक लोक प्रिय नेताको रुपमा आफनो छवी
बनाउन सफल हुनु भएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट