१३ बैशाख २०८१, बिहीबार

कृष्णनगर भन्सारको राजस्व संकलन लक्ष्य आठ अर्ब रुपैयाँ ……

बासुदेव बर्मा कपिलवस्तु, असोज १५ । कपिलबस्तुको कृष्णनगर भन्सार कार्यालयले आर्थिक बर्ष ०७५/०७६ मा आठ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेको जनाएको छ ।
आर्थिक बर्ष ०७४/०७५ को लक्ष्य ४ अर्ब १३ करोड राजश्व असुली रहेकोमा १ सय ५२ प्रतिशत बृद्धि भई ६ अर्ब ३१ करोड रुपैयाँ असुली भएको जनाइएको छ ।
गत बर्ष संकलन भएको राजश्वमा थप ३३ प्रतिशतले बृद्धि गरी यस आर्थिक बर्षको लक्ष्य ८ अर्ब ७ करोड रुपैयाँ रहेको कृष्णनगर भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।
आर्थिक वर्षको सुरुका दुई महिनामा लक्ष्य अनुसार राजस्व असुली हुन नसकेको खड्काले बताए । साउन र भदौ महिनाको राजश्व असुलको अनुपातले बार्षिक लक्ष्य अनुसार राजश्व असुली कम भएको छ ।
गत बर्षको अघिल्लो महिनाको राजश्व असुली अनुपातमा हेर्दा यस बर्षको सुरुवाती २ महिनाको राजश्व असुली बढि नै देखिए पनि बार्षिक लक्ष्य अनुसार राजश्व असुली कम भएको खड्काले बताए । बार्षिक लक्ष्य पुरा गर्न अन्य आधारहरु पनि भएको प्रमुख खड्काले बताए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट