११ बैशाख २०८१, मंगलवार

पांच रुपैयाकाे लागि सुचना लुकाउदै प्रहरी

कृष्णनगर , भदाैं २० । पांच रुपैया प्रतिगाेटाकाे खेलमा प्रतिबन्धित अवैध चल्ला पक्राउ गर्दा प्रहरीले पत्रकार लगायत सर्वसाधारणलाई गलत सुचना दिदै अाएकाे छ ।

विगत केही दिन यता कपिलबस्तुकाे कृष्णनगर बहादुरगंज प्रहरी चाैकीले प्रतिबन्धित भारतीय चल्ला बृहत् मात्रमा पक्राउ गरि नष्ट गर्ने गरेकाे छ तर प्रहरीले बनाउने मुचुल्कामा चल्ला संख्या नष्ट गरिएकाे वास्तविक संख्या भिन्न पाईएकाे छ । भदाैं बीस गते सुराकीका अाधारमा बहादुरगंज प्रहरीले लाेहराैला बाट समातेर ल्याएकाे सात कार्टुन चल्ला मात्र थिए तर नष्ट गरेपछिकाे मुचुल्कामा ३००० चल्ला संख्या देखाईएकाे छ । केही दिन पहिला पनि मुचुल्कामा ३२०० चल्ला देखाईएकाे थियाे भने वास्तविक डाटा २३०० मात्र थियाे ।
पशु क्वारेन्टाईन चेक पाेष्टका जांचकार्ता असरफी लाल यादवका अनुसार एउटा कार्टुन मा अधिकतम ५० देखि ७० वटा जीवित चल्ला अाेसर्न सकिन्छ त्याे भन्दा धेरै भयाे भने मर्न थाल्छन । केही दिन यता कपिलबस्तु प्रहरी चल्ला तस्कारीलाई निस्तेज गर्न सक्रिय प्रयास गरेतापनि मुचुल्काका अाधारमा नष्ट हुने चल्ला प्रति गाेटा पांच रुपैया ह्याचरी संघले दिने गरेकाे स्राेतले जनाएकाे छ ।
यसरी प्रहरीले पक्राउ गर्ने चल्ला संख्या ठिक हुन्छ तर बीचमा चल्लाकाे संख्या घटाएर नष्ट गरिने गरिएकाे तथ्य एक जना तस्कर द्वारा खुुल्न अाएकाे छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट