१३ बैशाख २०८१, बिहीबार

जिल्लामा अवैध चल्ला भित्रिने क्रम जारी, प्रहरी सक्रिय


  कपिलवस्तु, साउन ३१ । खुला सिमानाका कारण जिल्लामा अवैध भारतिय चल्ला भित्रिने क्रम बढदै गएकाे छ ।

भारतबाट नेपाल भित्रिएका अवैध चल्ला जिल्लाकाे कृष्णनगर नगरपालिकाकाे लाेहराैलाबाट सुराकीकाे अाधारमा पक्राउ गरिएकाे बहादुरगंज ईलाका प्रहरी कार्यालय ईन्चार्ज हेरम्भ प्रसाद पाण्डेयले बताएका छन । राति ११ बजे कृष्णनगर -चन्द्राैटा सडकखण्ड हुँदै जाँदै गरेका चार साइकल सहित ३२०० गाेटा चल्ला समातिएकाे थिए जसलाई अाज वडाध्यक्ष नुरमाेहम्मद खां लगायत सराेकारवालाकाे राेहवरमा नष्ट गरिएकाे हाे ।
अनुमानित एक लाख ६७ हजार बराबरकाे अवैध भारतीय चल्ला बहादुरगंज प्रहरीले अाज फेरि नष्ट गरेकाे छ । केही दिन पहिला पनि एक लाख ६५ हजार बराबरकाे ३००० गाेटा अवैध भारतीय चल्ला बहादुरगंजकाे गणेशपुरबाट समातेर नष्ट गरिएकाे थियाे
नेपाल भारतकाे खुला सिमानाले गर्दा अवैध चल्ला तस्करहरुलाई नेपाल प्रवेश सहज बनाएकाे पशु क्वारेन्टाईन चेकपाेष्ट कृष्णनगरका इन्चार्ज असरफी प्रसाद यादवकाे भनाई छ ।
भारतका गाेरखपुर ह्याचरीमा निर्मित हुने अवैध चल्लाहरु नेपाल भित्रियाउन तस्कारहरु मुख्य नाकाकाे प्रयाेग नगरि विभिन्न नदीकाे किनार हुँदै सिमा नजिकका गाउँ भित्र पस्छन र माैका छाेपी वरपरका कुखुरा फर्महरुमा पुर्याउने गरेकाे स्राेतले बताएकाे छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट