११ बैशाख २०८१, मंगलवार

अनुदान रकम नपाएपछि उखु किसान अान्दाेलित


कपिलबस्तु ।
जिल्लामा किसान संघ काे नेतृत्वमा उखु किसानहरुले अनुदानको रकम नपाएपछि आन्दोलित भएका छन् ।
नेपाल सरकारले आर्थिक बर्नेपाल/७२ मा प्रति क्वीन्टल २५ रुपयाको दरले दिने भनेपनि अहिले सम्म पनि अनुदान रकम नपाएपछि किसानहरु अन्दोलित भएका हुन् । अनुदान रकम पाउने भए पनि सरकारले हाल सम्म उपलब्ध नगरए पछि किसानहरुले इलाका प्रशासन कार्यालय चन्द्रौटामा १ घण्टा नारा सहित धर्ना दिएका छन ।
जिल्लामा करिब २ कराेड ५० लाख  रकम उखु किसानहरुको  बक्यौता रहेका छ । सम्पुर्ण प्रक्रीया पुरा गरे पनि रकम पाउन नसकेको कपिलबस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले बताएनुभयो । हामीहरुले सरकारको ध्यानअकर्षण पटक पटक गरेपनि अनुदान नपाएको चौधरीले गुनासो गर्नुभयो । सुगर मिलले कागजपत्रमा ढिलाई गर्दा लगाएतका कारण देखाउदै सो रकम नदिएको चौधरीले बताउनुभयो ।
करिव ४ वर्ष भन्दा पहिले दिने भनेको रकम अहिले सम्म किन पाउन सकिएन ?किसानहरुलाई आस देखाएर नदिनु गलत भएको भन्दै सरकराले किसानहरुलाई तुरुन्तै अनुदान वापत रकम दिनु पर्ने किसानहरुको माग छ । अन्य जिल्लाका किसानहरुले अनुदानको रकम पाएपनि कपिलवस्तु किसानले नपाएको उखु कृषक ओम प्रकाश चौधरी बताए । कपिलवस्तुमा ७ हजार उखु कृषकले सो अनुदान पाउन सकेका छैनन ।
जिल्लाका किसानहरुले सरकारले किसानले पाउनु पर्ने रकम नदिएको भन्दै साउन २९ गते देखी अनिश्चित कालको लागी कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरी सहितको टोली अनशन बस्ने कार्यक्रम समेत रहेको जनाएका छन ।
जिल्लाका उखुँ किसानहरुको आन्दोलनमा नेपाली काँग्रेसको पनि समर्थन रहेको नेपाली काग्रेसका युवा नेता अजय थापाले बताए । किसानहरुले पाउनु पर्ने रकम दिन सरकारले ढिला सुस्ती गरेको प्रति इगिंत गर्दै थापाले किसानले पाउनु पर्ने आफ्नो रकम पाउनका लागी पनि आन्दोलन गर्नु परेको सरकारका लागी लज्जास्पद कुरा भएको बताएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट