१३ बैशाख २०८१, बिहीबार

समाजबादी बिद्यार्थी फाेरमकाे प्रदेश समिति गठन ।।

कपिलवस्तु ,साउन २२ । समाजबादी बिद्यार्थी फाेरमकाे प्रदेश स्तरिय कार्यसमिति रिता यादव काे नेतृत्वमा गठन गरिएकाे छ ।
हिजो  रुपन्देहीमा एक कार्यक्रमका बीच प्रदेश नम्बर पांचकाे समाजबादी फाेरम नेपाल काे भातृसंगठन समाजबादी बिद्यार्थी फाेरम प्रदेश समिति गठन गरिएकाे हाे । समितिकाे संयाेजकमा रिता यादव , उपाध्यक्षमा निर्भय सिंह र मुहम्मद अलि, मुख्यसचिवमा पप्पु यादव, सचिवमा हिमानी थापा मगर ,बिष्णु यादव र मनिष पाण्डेयका साथै काेषाध्यक्षमा उप्रवाश यादव सर्वसम्मतबाट मनाेनित भएका छन ।
समाजबादकाे विचार बाेकेका बिद्यार्थीहरुलाई जुड्न र हकहितका मुद्दामा समर्थन दिलाउन समितिले महत्वपुर्ण भुमिका खेल्ने नवनिर्वाचित उपाध्यक्ष निर्भय सिंहकाे भनाई थियाे ।
कार्यक्रममा संदीप पाण्डेय,प्रकाश चाम्लिङ ,राम अवतार यादव र नवीन धनुवार लगायतका संघीय समाजबादी फाेरम नेपालका पदाधिकारीहरु उपस्थिति थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट