७ बैशाख २०८१, शुक्रबार

चेलीबेटी बेचबिखन राेक्न नगरपालिकाले सिमामा समाजिक परिचालक राख्ने ।।

कृष्णनगर ,साउन २१ ।

मानव बेचबिखन तथा लैङ्गिक हिंसा बिरुद्ध कृयाशिल रुपमा काम गर्दै आएको सस्था के.आई नेपालसङ्गको सहकार्यमा मानव बेचबिखन नियन्त्रण गर्नका लागि कर्मचारी परिचालन गर्ने भएको छ ।

ङबिगत एक दशक देखि यसै क्षेत्रमा कृयाशिल रुपले काम गर्दै आएको सस्था के.आई नेपाल सङ्ग समन्वय तथा सहाकार्य गर्दै अगाडि बढ्ने सम्झौता गरिएको छ । कृष्णनगर नगरपालिका सिमा नाका सङ्ग जोडिएको कारण बिगतका दिनमा के.आई नेपालले गरेका प्रयास बाट आएको परिणाम ले यश सामाजिक अभियानमा कृष्णनगर नगरपालिका तत्पर रहेको र सरकारको पनि मुख्य दाहित्व भएको कारण उक्त अभियानमा सहकार्य गर्न लागेको नगर प्रमुख रजत प्रताप साह ले बताउनु भयो । के.आइ नेपाल को बिगतको काम सराहनीय भएको र आगामी दिनमा राज्यका चेलिबेटीलाई अझ संरक्षण र उद्दार कार्यमा तिब्रता पाओस नगर पालिकाका प्रशासनिक अधिकृत गणेश अर्याल ले बताउनु भयो ।  सिमा नाका मानब तस्करले प्रयोग गर्ने हुँदा नगरपालिका को पनि अावश्यक कदम उठाउनैपर्ने जानकारी दिनु भयो । नगरपालिकाले मानव बेचबिखन न्यूनीकरणमा जुन किशिमको भुमिका खेलेको छ त्यसले काममा हौसला थपिएको के.आई नेपालका जिल्ला सयोजक केसर बिशकर्माले जानकारी दिनुभयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट